कोरोना भाइरसबाट एकैदिन २०३ जनाको मृत्यु, हालसम्म ज्यान गुमाउनको संख्या पाँच हजार नजिक

३१ बैशाख २०७८, शुक्रबार १८:४०

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणबाट नेपालमा आज एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा २०३ जना संक्रमितको मृत्यु भएको हो । मृतक मध्ये अक्सिन नपाएर छटपटाएर ज्यान गुमाउनेहरु समेत रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ । यद्यपि अनौपचारिक तथ्याङ्क अनुसार मृतकहरुको संख्या अझै बढ्ने अनुमान समेत गरिएको छ ।

पछिल्लो २४ घण्टामा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षणमा ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइर संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये ९८ हजार ८६९ जना होम आइसोलेसनमा र आठ हजार ४६७ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै एक हजार ३३४ जना आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा छ हजार १३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

पछिल्लो समय विश्वकै कडा भेरियन्ट भारतीय प्रजातिको कोभिडको संक्रमण नेपालमा समेत बृद्धि भएको भन्दै विश्वभरबाट चासो र चिन्ता व्यक्त गर्ने क्रम बढिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*