इक्रा नेपालले शिखर इन्स्योरेन्सलाई प्रदान गरेको रेटिङको पुनः पुष्टि

काठमाडौं । इक्रा नेपालले शिखर इन्स्योरेन्स कम्पनीलाई ‘(इक्रा–आईआर) ए’ निष्कासनकर्ता रेटिङलाई पुनः पुष्टि गरेको छ। यो रेटिङ प्रदान गरिएको निकायको व्यवस्थापन गुणता पर्याप्त मात्रामा आश्वस्थ हुन सकिने भनि निर्धारण गरिएको हुन्छ ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ।
रेटिङ वर्ग ‘(इक्रा–आईआर) एए’ देखि ‘(इक्रा–आईआर) सी’सम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ ‘(इक्रा–आईआर) ए प्लस’को स्थिति ‘(इक्रा–आईआर) ए’ भन्दा एक चिह्न माथि रहन्छ। जब कि ‘(इक्रा–आईआर) ए माइनस’ को स्थिति ‘(इक्रा–आईआर) ए’ भन्दा एक चिह्न तल रहन्छ।












