हिमालयन पावर पार्टनरद्धारा साधारणसभा आह्वान, शेयरधनीलाई लाभांस छैन

४ पुष २०७९, सोमबार १३:१९

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले पुस २९ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभा अम्रपाली ब्याक्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

कम्पनीले यसपटक पनि शेयरधनीहरुलाई कुनै लाभांश प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७८। ७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९। ८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १२ गतेसम्म कायम रहने सेयरधनीले सभामा सहभागि हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*