टाटाको मेगा सर्भिस क्याम्पको आज समुद्घाटन, यस्ता छन् विशेषता

काठमाडौं । टाटा मोटरसको नेपालस्थित आधकिारकि विक्रेता सिप्रदी ट्रेडिङले आजदेखि आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ । यी केन्द्रहरुमध्ये ३ वटा काठमाण्डौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थति छन् । त्यसैगरी , बाँकी ९ वटा उपत्यका बाहरिका स्थानहरु पोखरा, इटहरी , मेची, बिरगंज , ढल्केबार , हेटौडा , सर्रा, धनगढी , नेपालगंजमा रहेका छन् ।
उक्त क्याम्पको उद्घाटन ललितपुरस्थित बागडोलमा आयोजित एक समारोहबीच टाटा अन्तर्गतको इन्टरनेसनल विजनेसका (पेसेन्जर भेहिकल) प्रमुख मायांक बल्दी , सिप्रदी ट्रेडिगका सीईओ राजन बाबु श्रेष्ठ , टाटाका कन्ट्री मेनेजर (नेपाल एवं भुटान) अजीत नारायण सिंह, सिप्रदीका सीईओ राजेश प्रसाद गिरी र सिप्रदीका उपाध्यक्ष्य सौरभराज थपलियाले संयुक्त रुपमा गरेका थिए ।
समारोह उपस्थित सम्बद्ध विशिष्ट अधकिारीहरुलाई टाटा मोटरसका रजनल कस्टमर केयर (दक्षिण एसिया) मेनेजर रंधिर कुमार चौधरी तथा सिप्रदीका कस्टमर केयरका (पेसेन्जर भेहिकल) प्रमुख कुमार भण्डारीले स्वागत गरेका थिए ।
उक्त तीन दिने क्याम्पमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिने छ । यस्तो जाँच गराउदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुवधिाहरु प्राप्त गर्नेछन् । म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरदिमा क्रमश स १८, १५ र १८ प्रतशित छुट लगायत टप वाशिग , कम्प्युटर डायग्नोसिस , सस्पेन्सन चेक(अप , ब्याट्री र इलेक्ट्रकिल चेक) अपको सुवधिा पनि निशुल्क प्रदान गरिदैछ ।
हाल नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरु बजार द्रुत गतिमा भइरहेको छ । यसै सन्दर्भमा यस्ता गाडीहरुको ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहति मेगा सर्भिस क्याम्पको आयोजना भईरहेको छ ।












