पोलिसीएड पाँचौ वर्षमा प्रवेश, बीमा सरेन्डर रेसियोलाई न्युनिकरण गर्ने भावी योजना

काठमाडौं । बीमा पोलिसीएड पाँचौ वर्षमा प्रवेश गरेको छ । बीमा कम्पनीहरुको पोलिसी अनलाइन तथा अफलाइफमार्फत बिक्री गर्न संचालित बीमा पोलिसीएड कम्पनीले चार वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको हो ।
२०७५ साल पुष १८ गते स्थापना भएको कम्पनीले बीमा कम्पनीहरुको नियमक निकाय नेपाल बीमा प्राधिकरणबाट २०७९ जेठ १९ गते पोलिसीएड कम्पनीका रुपमा इजाजतपत्र प्राप्त गरेको थियो ।
अहिले कम्पनीले ‘पीबीसी’योजनाअन्तर्गत रहेर कार्य गर्दै आइरहेको छ । साथै कम्पनीले संस्थागत अभिकर्ता अन्तर्गत रहेर समेत कार्य गर्दै आइरहेको छ ।
बीमा क्षेत्रमा रहेका हरेक जानकारीहरुलाई बीमितसमक्ष सरल र सहज तरिकाले पुर्याउनु कम्पनीको उद्देश्य रहेको छ । साथै स–साना कार्य गर्ने व्यक्तिहरुलाई समेत बीमाको दायराभित्र ल्याउनु कम्पनीले लक्ष्य लिएको छ ।
यसका अलावा बीमा सरेन्डर रेसियोलाई पनि न्यूनिकरण गर्न कम्पनीले विभिन्न भूमिका खेल्दै आइरहेको छ । आगामी दिनहरुमा बीमा क्षेत्रमा बढ्दै गइरहेको सरेन्डरलाई न्युनिकरण गर्दै लैजाने कम्पनीको योजना रहेको छ ।
पोलिसीएड आफुले बीमा गर्दै अरुलाई पनि नेपालमा भएका कुनै पनि बीमा कम्पनीको कुनै पनि बीमा पोलिसी सरल र सहज तरिकाले व्यक्तिको आवश्यकता अन्तर्गत जीवन बीमा सेवा किनबेच गर्न स्थापना भएको कम्पनी हो । जसमा नेपालको कुनै पनि स्थानमा रहेर कुनै पनि व्यक्तिलाई अनलाइन र अफलाइनको माध्यमबाट सेवा प्रदान गर्न सकिनेछ ।
के हो PolicyAd भनेको ?
पिबीसि भनेको PolicyAd को Affiliate Program अन्तर्गतको आफुले बीमा गर्दै अरुलाई पनि नेपालमा भएका कुनै पनी बीमा कम्पनीको कुनै पनी बीमा पोलिसी सरल र सहज तरिकाले ब्यक्तिको आवश्यक्ता अनुसार जीवन बीमा साथै निर्जिवन बीमा सेवा किनबेच गर्न सकिने Program हो ।
जस अन्तर्गत नेपालको कुनैपनी स्थानमा रहेर कुनैपनी स्थानमा बसोबास गर्ने ब्यक्तिलाई Online र Offline को माध्यमबाट सेवा प्रदान गर्न सकिन्छ । आफुले मात्र नभै Team Creat गरेर Team सँगै Team सहितको प्रतिफल लिन सकिन्छ । यस्तो गर्दा आफुले र आफ्नो Team ले शेयर गरेको ब्यक्तिले PolicyAd को माध्यमबाट कुनैपनी बीमा पोलिसी कुनैपनी समय यदी खरिद गर्छ भने उक्त अवस्थामा Team सहित आफुलाई पनि प्रतिफल स्वरुप आम्दानी हुन्छ, जसले गर्दा आफ्नो समय अनुसार कार्य गर्दै वा आफ्नो Team ले कार्य गर्दा कालान्तर सम्म आफ्नो अनुपस्थितिमा पनि प्रतिफल प्राप्त गर्न सकिने यो PolicyAd को अतिनै लाभदायक योजना हो जसलाई PBC अर्थत Policyad Business Consultant भनिन्छ ।
PolicyAd कम्पनीका आधिकारिकताहरु के-के छन ?
पोलिसीएड कम्पनी रजिष्ट्रारको कार्यलयबाट २०७५ साल पौष १८ गरे बुधवारको दिन दर्ता नं : २०५८०८/०७५/०७६ मा दर्ता भाई आन्तरिक राजस्व कार्यलयबाट पान नं. ६०६५२५९०९ प्राप्त साथै नेपाल बीमा प्राधिकरणबाट मिती २०७९ साल जेष्ठ १९ गतेका दिन इजाजत पत्र नं. ३३६५१७ बाट मान्यता प्राप्त कम्पनी हो ।












