जजिरा एयरद्धारा ३० यात्रु अलपत्र, ६:१५ बजेको टिकट काटेर जहाज भने २ः३० बजे नै उड्यो

८ बैशाख २०८०, शुक्रबार ०६:१३

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट कुवेतको राजधानी कुवेतसिटीको उडान रहेको उडान नं जे ९५४० नम्वरको जजिरा एयरले ३० भन्दा बढि यात्रुलाई काठमाडौंमै अलपत्र पारेर निर्धारित समयभन्दा अगावै उडेको छ ।

आज बैशाख ८ गते विहान ७ः३० बजेको टिकट काटेको जजिरा एयरवेजले विमानस्थलमा पुगेका ३० भन्दा बढि यात्रुलाई अलपत्र पारेर उडेको हो । जजिरा एयर विहान ६ः१५ बजे काठमाडौंमा अवतरण गरी ७ः३० बजे उडान भर्दै आएको थियो । सोही अनुसार यात्रुहरुले टिकट समेत काटेका थिए । तर, जजिरा एयरले एकाएक उडान तालिका परिवर्तन गरी आजै विहान १ः२२ बजे अवतरण गरी २ः३० बजे उडेको पाइएको छ ।

हातमा टिकट लिएर आज विहान ५ बजे नै एयरपोर्ट पुगेका ३० भन्दा बढि यात्रु अलपत्र परेका हुन् । उडान तालिका परिवर्तन हुँदा यात्रुहरुलाई सूचना दिई समयमै बोलाउनुपर्नेमा त्यसो नगरी, यात्रु छुटेको थाहा पाएपछि विमानस्थलमा कर्मचारी खटाएर समायोजन गर्नुपनेमा त्यसो समेत नगरी अलपत्र पारेको हो ।
सम्बन्धमा पीडित यात्रुहरुले तत्काल काठमाडौंस्थित जजिरा एयरको सेल्स एजेन्टलाई कारवाही गर्नुपर्ने माग राखेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*