आइएमई पे मा पहिलोपल्ट क्युआर भुक्तानी गर्ने ग्राहकलाई क्यासब्याक अफर

८ बैशाख २०८०, शुक्रबार १६:०८

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे” ले पहिलो चोटि क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ ।

यस अभियान अन्तर्गत आइएमई पेबाट पहिलो पल्ट क्युआर कोड स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकले ‘फर्स्ट क्युआर’ प्रोमोकोड प्रयोग गरी २५ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । सो क्यासब्याक ग्राहकहरुलाई क्युआर भुक्त्तानी गर्न प्रेरित गरी विद्युतीय भुक्तानी गर्न प्रोत्साहन गर्न र साथै वित्तिय साक्षरता प्रदान गर्ने उदेश्य ले सुचारु गरिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*