नेपालको आकाशमै होल्ड भएको जहाज पुनः दुबई तर्फ प्रस्थान
११ बैशाख २०८०, सोमबार २२:०८

काठमाडौं। फ्लाई दुबईको जहाजमा समस्या आएपछि नेपालको आकाशमै होल्ड भएको जहाज पुनः दुबई तर्फ प्रस्थान गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुबई तर्फ प्रस्थान भएको जानकारी दिएका हुन्।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९स्२३मा उडेको जहाजको एउटा इन्जिनमा आगलागी भएको थियो।












