मध्य भोटेकोशी जलविद्युतको प्रमुख वित्त अधिकृतको जिम्मेवारी टीकादत्त ढकाललाई
१४ बैशाख २०८०, बिहीबार १०:२०

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको प्रमुख वित्त अधिकृतको जिम्मेवारी टीकादत्त ढकाललाई तोकिएको छ ।
नेपाल विद्युत प्राधिकरणबाट यस कम्पनीमा काज खटिइ आएका ढकाललाई संचालक समितिको वैशाख १३ गतेको बैठकको निर्णयअनुसार कम्पनीमा रिक्त रहेको तह ८ को प्रमुख वित्त अधिकृत तोकि विनिमय बमोजिमको जिम्मेवारी दिइएको हो ।
तोकिएको जिम्मेवारीअनुसार कम्पनीको वित्त महाशाखा प्रमुखको हैसियतमा सो महाशाखामार्फत सम्पादन गर्नुपर्ने कार्यहरु मौजुदा ऐन, नियम विनिमयको परिधिमा समयमै गर्नु गराउन समेत कम्पनीले जानकारी गराएको छ ।












