स्वास्थ्य बीमा बोर्डद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
१४ बैशाख २०८०, बिहीबार १२:३८

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले करार सेवामा रोजगारको अवसर खुलाएको छ । बोर्डले ५५ जना करार सेवामा कर्मचारी माग गरेको हो ।
बोर्डले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्लाहरु।स्थानीय तहहरुमा कार्य गर्नको लागि रोजगारको अवसर खुलाएको हो । योग्यता पुगेका नेपाली नागरिकलाई १५ दिनभित्र आवेदन पेशा गर्न बोर्डले अनुरोध गरेको छ ।
बोर्डले न्यूनतम शैक्षिक योग्यतामा भने मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।













