छत्रपाटी निःशुल्क अस्पतालको सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित

१४ बैशाख २०८०, बिहीबार १६:४०

काठमाडौं । काठमाडौंको छत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालयको संचालक समिति निर्विरोध निर्वाचित भएको छ । वैशाख १६ गते हुने भनिएको निर्वाचनका लागि सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

डा. मनोज मान श्रेष्ठ अध्यक्ष, कुमारदेव मानन्धर उपाध्यक्ष कृष्टिना श्रेष्ठ महासचिव, जगदीश माली सचिव, लहना श्रेष्ठ कोषाध्यक्ष, कृष्ण प्रसाद मानन्धर सह–कोषाध्यक्ष तथा निरन महर्जन, सुमनकृष्ण श्रेष्ठ, जुजुकाजी महर्जन, सुरज श्रेष्ठ र डि.एल.चन्द्र मानन्धर कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन अगाबै अन्य कसैको दावी तथा विरोध नपरेपछि उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*