नेपाल राष्ट्र बैंकद्वारा डिजिटल भुक्तानी प्रबर्द्धनमा कनेक्ट आइपीएस प्रणालीको योगदानलाई सम्मान

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपीएस प्रणालीले खेलेको भूमिकालाई कदर गर्दै सम्मान स्वरुप प्रशंसापत्र प्रदान गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले ६८औं वार्षिकोत्वसको अवसरमा नेपालको विद्युत्तीय भुक्तानी प्रवद्र्धनमा योगदान पुर्याएको हुँदा कनेक्ट आइपीएसलाई सम्मान गरेको हो ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षलाई विद्युत्तीय भुक्तानी प्रवद्र्धन वर्षको रुपमा मनाउँदै आएको छ । वार्षिकोत्सवको विशेष अवसरका दिनमा डिजिटल भुक्तानी प्रणालीका सेवाहरु संचालन गर्दै आइरहेका विभिन्न संघ संस्थाहरुलाई राष्ट्र बैंकले सम्मान गरेको हो । कनेक्ट आइपीएस प्रणालीले नेपालको रिटेल भुक्तानीको क्षेत्रमा खेलेको उल्लेख्य भूमिका र यस मार्फत गर्दै आएको विद्युत्तीय भुक्तानी कारोबारले पारेको प्रभावलाई उच्च मूल्याङ्कन गरी उक्त प्रशंसापत्र प्रदान गरिएको हो । यस सम्मानले एनसीएचएललाई आफूले गर्दै आएका काम प्रति थप जिम्मेवारी बोध गराएको छ भने उक्त कार्यलाई निरन्तरता दिन थप प्रोत्साहित समेत बनाएको छ ।
आर्थिक वर्ष २०७९/८० को चैत्र मसान्त सम्म कनेक्ट आइपीएसमार्फत ने. रु. २८.४९ खर्बको कारोबार फर्छ्यौट गरेको छ । उक्त प्रणालीबाट खाता तथा वालेटमा गरिने फन्ड ट्रान्सफर, व्यावसायिक भुक्तानीहरु नेपाल सरकारको राजस्व, सेवा वापतको रकम संकलन तथा विभिन्न भुक्तानीका कारोबारहरु हुँदै आएका छन् ।













