मिसम्याचलाई हिसाब मिलान गरी कर छुट पाउने व्यवस्थाको म्याद थप गर्ने आन्तरिक राजश्व विभागको निर्णय
१७ बैशाख २०८०, आईतवार ०९:३९

काठमाडौं । आन्तरिक राजश्व विभागले मिसम्याचमा परेका व्यवसायीहरुलाई करको हिसाब मिलान गर्ने म्याद थप गर्ने निर्णय गरेको छ । आज प्रकाशित सूचना अनुसार विभागले आर्थिक ऐन २०७९ को दफा २९ मा भएको व्यवस्था अनुसार आव २०७७।०७८ सम्मको कारोबार घोषणा गर्दा डे १ तथा डे २ भरेका करदाताहरुलाई वास्तविक कारोबार फरक परेको रकम आफैले घोषणा गरी थप हुने आयको १.५ प्रतिशत मात्रै कर तिरेमा अन्तिम कर हुने व्यवस्था गरिएको आन्तरिक राजश्व कार्यालयले जनाएको छ ।
राजश्व विभागले यही बैशाख मसान्तसम्ममा त्यस्तो छुट रहेको जनाएको छ ।












