कृषि विकास बैंकमा लामो समय बिताएर मृगेन्द्र रिमाल बने नेपाल माइक्रो इन्स्योरेन्सको सिईओ
१७ बैशाख २०८०, आईतवार १८:३२

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सिइओमा मृगेन्द्र रिमाल नियुक्त भएका छन् । कृषि विकास बैंकमा लामो समय काम गरेका रिमाल नयाँ लाइसेन्स पाएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सिईओमा नियुक्त भएका हुन् ।
रिमाललाई नेपाल बीमा प्राधिकरणले स्वीकृत गरिसकेको छ । चितवनको भरतपुर केन्द्रीय कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी सञ्चालक समितिले रिमाललाई सिईओ बनाउने निर्णय गरेको हो ।











