नेप्से उच्च अंकले घट्दापनि नेपाल पुनर्बीमा र नेपाल इन्स्योरेन्सको सर्वाधिक कारोबार

६ असार २०७८, आईतवार १५:२१

काठमाडौं । आज सातोको पहिलो दिन आइतबार नेप्से उच्च अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ६३ दशमलव ११ अंकले घटेर २९०५ दशमलव ३२ विन्दुमा कायम भएको छ ।

आज २३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८८ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेको १३ उपसमूह आज सबै समूह राताम्य भएका छन् । सबैभन्दा सर्वाधिक जीवन बीमा समूहमा आज ३१०.९४ अंकले गिरावट आएको छ । त्यसलगत्तै निर्जीबन बीमा समूहमा २७९.२५ अंक, विकास बैंक समूहमा १६५.२२ अंक, लघुवित्त समूहमा ११७.६४ अंक, बैकिङ समूह ३५.४२ अंक, व्यापार समूहमा ९८.४८ अंक, होटल तथा पर्यटन समूहमा ८८.५८ अंक, जलविद्युत् समूहमा १०१.०९ अंक, वित्त समूहमा ८०.०४ अंक, उत्पादन तथा प्रशोधन समूहमा १४९.५ अंक, अन्य समूहमा ५१.०३ अंक, म्युचुल फण्ड समूहमा ०.०२ र लगानी समूहमा २.२८ अंकले गिरावट आई सबै समूह राताम्यमा परिणत भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*