सुनको मूल्यमा ८ सय रुपैयाँले गिरावट, कतिमा हुदैछ आजको कारोबार ?

१२ आश्विन २०८०, शुक्रबार ११:२८

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।

नेपाली सुनचाँदीको महासँघका अनुसार बिहीबार पनि घटेर प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, आज तेजावी सुन पनि प्रति तोला ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार चाँदीको भाउ भने तोलामा २५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*