हाइड्रोको वित्तीय अवस्थामा चमकः मुनाफा २३७ प्रतिशतले बढ्यो, १०१ मध्ये कुनको कति ? (तथ्यांकसहित)

काठमाडौँ । हाइड्रो कम्पनीहरुको मुनाफा आकर्षक सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको नाफामा उछाल देखिएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा नाफा ऋणात्मक रहेका हाइड्रोले समेत उलेख्य नाफा कमाउन सफल भएका हुन् ।
हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत मध्ये १०१ कम्पनीले ७ अर्ब ९२ करोड ९३ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । उक्त नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा २३७.५८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ९ महिनामा हाइड्रो कम्पनीहरुले २ अर्ब ३४ करोड ८९ लाख १ हजार रुपैयाँ नाफा कमाएका थिए ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३६ कम्पनीको मुनाफा ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा २२ कम्पनी मात्रै ऋणात्मक देखिएको छ ।
सर्वाधिक नाफा आर्जन गर्ने सूचीको पहिलो नम्बरमा सहास उर्जा रहेको छ । ९ महिनामा कम्पनीले १ अर्ब १८ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको सोहि अवधिमा ९० करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।
त्यस्तै, धेरै नाफा कमाउने दोस्रो नम्बरमा रहेको सोलु हाइड्रोपावरको मुनाफा ८५ करोड ८१ लाख, अपि पावरको ६५ करोड ८५ लाख, माउन्टेन इनर्जीको ५२ करोड ७६ लाख, ग्रिन भेन्चर्सको ४९ करोड ४४ लाख, चिलिमे हाइड्रोपावरको ४५ करोड ६९ लाख, राधि विद्युतको ३२ करोड ३९ लाख र बुटवद पावरको २९ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
यसअवधिमा २२ हाइड्रो कम्पनीको नाफा भने ऋणात्मक रहेको छ । रसुवागढी हाइड्रोपावर सबैभन्दा बढी नोक्सानीमा रहेको छ । कम्पनीले १ अर्ब २३ करोड ९६ लाख ऋणात्मक रहेको छ । साथै, भिजन लुम्बिनी उर्जा १० करोड ५ लाख, त्रिशुली जलविद्युत ९ करोड ४० लाख, हिमाल दोलखा ९ करोड १६ लाख, हिम स्टार उर्जा ७ करोड ३ लाख, शिभ श्री ६ करोड ८८ लाख रुपैयाँ ऋणात्मक रहेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।
कुनको नाफा–घाटा कति ?













