तेह्र सयले घट्यो सुनको मूल्य

१६ आश्विन २०८०, मंगलवार ११:२४

काठमाडौं । मंगलबार सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुन प्रतितोला तेह्र सयले घटेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै सोमबार प्रतितोला १ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*