त्रिभुवन विमानस्थलमा थाई एयरवेजको जहाज ‘ओभरसुट’

१४ आश्विन २०८३, बुधबार १४:०८

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा थाई एयरवेजको जहाजले ‘ओभरसुट’ गरेको छ।

रनवे भिजिबिलिटी रेन्ज (आरभीआर) कम भएपछि अवतरणका क्रममा क्याप्टेनले जहाजलाई पुनः आकाशतर्फ उठाएका हुन्।

ओभरसुटपछि जहाज पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गतर्फ फर्किएको जनाइएको छ। त्रिभुवन विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरु सिमरामाथिको आकाशबाटै एप्रोच लिने गर्दछन् ।

जहाजहरु ओभरसुट हुनुलाई अधिकारीहरु सामान्य रुपमा लिन्छन् । कहिलेकाहिँ एप्रोच नमिल्दा, भिजिबिलिटी कम हुँदा, अत्यधिक पानी पर्दा र कहिलेकाहिँ जहाज हाई अल्टिच्युड भएर आउँदा पनि ओभर सुट हुने गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*