तीन सयले बढ्यो सुनको भाउ

१७ आश्विन २०८०, बुधबार ११:०७

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार ६०० र तेजावी सुन १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यभने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कायम रहेर कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*