३ करोड गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा लमहीका इन्जिनियर रानाभाटविरुद्ध मुद्दा दायर

१७ आश्विन २०८०, बुधबार १६:३७

काठमाडौं । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही–दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

रानाभाटले गैरकानूूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका परेपछि अख्तियारले उनले सार्वजनिक सेवामा स्थायी नियुक्ती लिएको मिति २०४६ साल असार ३० गतेदेखिको आय तथा व्ययको कुल विवरणमा छानविन प्रकिया सुरु गरेको थियो ।

अख्तियारले सम्पत्ति छानविन गर्ने क्रममा रानाभाटले स्रोत नखुलेको तीन करोड १५ लाख ८१ हजार रुपैयाँ बराबरको स्रोत नखुलेको रकम आर्जन गरेको पाइएको प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

अख्तियारले रानाभाटलाई सोही रकम बराबारको विगो कायम गरी मुद्दा दायर गरेको छ । साथै उनले गैरकानूनी रुपले आर्जन गरको सम्पत्तिबाट श्रीमति राधा रानाभाटको नामबाट पनि विभिन्न क्षेत्रमा लगानी भएको देखिएकाले राधा रानाभाटलाई पनि विगो जफत गर्ने प्रयोजनार्थ मात्र विपक्षी बनाई बुधबार मुद्दा दायर गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*