मर्जरपछि सिभिल बैंकको सेयर कारोबार रोक्का
काठमाडौं । मर्जरपछि सिभिल बैंकको सेयर कारोबार रोक्का भएको छ । हिमालयन बैंकसँगै एक्वायर हुने भएसँगै नेप्सेले आजदेखि सिभिलको सेयर कारोबार रोक्का गरिदिएको हो । हिमालयनले सिभिललाई एक्वायर गर्न असार २९ गते प्रारम्भिक सम्झौता गरेको हो । दुई बैंकबीच...
लुम्बिनी विकास बैंकले संस्थापक शेयर विक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले बैंकका संस्थापक शेयरधनी रबिन पुडासैनीको नाममा रहेको १ हजार ५०० कित्ता संस्थापक शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयरमा इच्छुक संस्थापक...
फेरि उठ्यो १३ बीमा कम्पनी र २४ बाणिज्य बैंकले कर छली गरेको मुद्दा, थप ३१ कम्पनीका एफपिओबापत सवा अर्ब असुल्न निर्देशन
काठमाडौं । महालेखा परिक्षकको कार्यालयले शेयर प्रिमियमबाट मुनाफा वितरण गर्ने १३ बीमा कम्पनी र २४ बाणिज्य बैंकले कर छली गरेको भन्ने गत वर्षको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन कार्यान्वयन नभएको भन्दै पुनः यस वर्ष पनि महालेखा ति निकायबाट तीर्न अर्ब...
मर्जरमा गएका ११ वटा बैंकबाट साढे दुई अर्ब कर असुली गर्न महालेखाको निर्देशन
काठमाडौं । विगतमा मर्जर तथा एक्वीजिसनमा गएका ११ वटा बैंक तथा वित्तिय संस्थाहरुले तिर्नुपर्ने करको गणना नमिलेको भन्दै महालेखा परिक्षकको कार्यालयले ति बैंकहरुबाट करिब साढे दुई अर्ब रुपैयाँ कर असुली गर्न महालेखा परिक्षकको कार्यालयले बार्षिक प्रतिवेदनमार्फत निर्देशन दिएको छ...
अर्थ मन्त्रालयको खर्च बेरुजु सबैभन्दा बढी, अन्य कुन मन्त्रालयमा कति?
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले ५९ औँ वार्षिक प्रतिवेदन जारी गर्दै अहिलेसम्मको बेरुजु रकम ४ खर्ब ८३ अर्ब नाघेको जनाएको छ। महालेखा परीक्षकको कार्यालयले ५९ औँ वार्षिक प्रतिवेदन अनुसार सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको छ । अर्थ मन्त्रालको बेरुजु...
पन्ध्र प्रतिशतको व्याजदरको क्याप हटाउन राष्ट्र बैँकसगँ लघुवित्त संचालकहरूको आग्रह
काठमाडौं । लघुवित्तका लगानी कर्ताहरुले लघुवित्तका लागि हाल कायम गरिएको १५ प्रतिशतको व्याजदरको क्याप हटाउन राष्ट्र बैँकसगँ आग्रह गरेका छन् । मंगलवार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी भएका लघुवित्तका संचालकहरुले यस्तो आग्रह गरेका हुन् । आगामी मौद्रिक निती...
सिद्धार्थ बैंकद्धारा नेपाल आँखा अस्पताललाई सहयोग
काठमाडौं । सिद्धार्थ बैंकले २०७९ आषाढ २९ गते बुधबार काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु। पाँच लाख छ हजार दुई सय पचास रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका हेड...
चार्टर्ड एकाउन्टेन्स् संघको कार्यक्रममा किन गएनन् गभर्नर ?
काठमाडौं । मौद्रिक नीतिको तीब्र तयारी हुँदैगर्दा पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारी सार्वजनिक कार्यक्रममा सुझाव लिने कार्यक्रममा दौडधुपमा देखिन्छन् । तर, बुधबार चार्टर्ड एकाउन्टेन्स् संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धि प्यान डिस्कसन कार्यक्रममा भने गभर्नर अधिकारी गएनन् । उक्त...
हिमालयन बैंकमा गाभियो सिभिल बैंक, एमओयूमा हस्ताक्षर
काठमाडौं । हिमालयन बैंकमा सिभिल बैंक गाभिने भएको छ । दुई बैंकबीच सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । हिमालयन बैंकले १००ः८१ को अनुपातमा सिभिललाई गाभ्न लागेको हो ।बुधबार ३ बजे राजधानीको दरवारमार्ग स्थित होटल याकएण्ड यतीमा मर्जर सम्बन्धी सम्झौतापत्रमा...
साउन महिनामा पनि बैंकको ब्याजदर स्थिर रहने, अन्तिम निर्णय भोलि हुँदै
काठमाडौं । साउन महिनामा पनि बैंकको ब्याजदर स्थिर रहने भएको छ । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले साउन महिनामा पनि ब्याजदर नबढाउने अनौपचारिक सहमति गरेको छ । असारकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेका हुन् । हाल बैंकहरुले निक्षेपमा...
दोर्दी खोला जलविद्युत कम्पनीले शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले सर्बसाधारणलाइ निष्काशन गरेको शेयर नेप्सेमा सूचीकृत भएको छ । बुधबार कम्पनीको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पपनीको शेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९ पैसा...
सानिमा लाइफ र रिलायन्स लाइफको सेयर कारोबार रोक्का
काठमाडौं । नेप्सेमा सानिमा लाइफ र रिलायन्स लाइफको सेयर कारोबार रोक्का भएको छ ।दुई कम्पनीबीच १ः१ स्वाप रेसियो कायम हुने गरी मर्जरमा जाने प्रारम्भिक सहमति भएपछि सेयर कारोबार रोक्का भएको हो । सानिमा लाइफको अन्तिम सेयर कारोबार मूल्य ३४५.९०...
सेञ्चुरी बैंकमा विभिन्न पदमा कर्मचारी माग, योग्यता कति?
काठमाण्डौं । सेञ्चुुरी बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आज बैंकले एक सुचना प्रकाशित गर्दै रिक्त पदमा योग्यता पुुगेका नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको हो । बैंकले १ जना रिलेसनशिप अफिसर , १ जना डिपोजिट मार्केटिङ...
सांसदमा उठ्यो राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा प्रश्न
काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा संसदमा प्रश्न उठाएका छन् । विश्वकर्मासँगै अन्य सांसदहरुले गभर्नर अधिकारी नेकपा एमालेको आर्थिक सल्लाकार समितिमा बसेको भन्दै संसदमा उनीबारे प्रश्न उठाएका हुन् । नेकपा एमालेको...
लुम्बिनी विकास बैंकको सिइओमा बिजय बहादुर श्रेष्ठ नियुक्त
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा बिजय बहादुर श्रेष्ठ नियुक्त भएका छन् । बैंकको असार २८ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई सिइओमा नियुक्त गरेको हो ।
सुनचाँदीको भाउमा सामान्य गिरावट, कतिमा हुुदैछ कारोबार?
काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउमा २०० रुपैयाँ र चाँदीको भाउमा ५ रुपैयाँले सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाला सुन ९४ हजार ३०० रुपैयाँ...
सिटिजन्स बैंकको संस्थापक समूहको शेयर विक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको शेयर बोलकबोलद्वारा विक्री खुला गरेको छ । कम्पनीले आफ्नो नाममा रहेको २ लाख ६५ हजार ९९९ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुका लागि...
अपर हेवाखोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आइपीओ भर्ने आज ( अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले असार २४ गतेदेखि १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १००...
लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा आज
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक साधारणसभा आज (असार २९ गते बुधवार) हुँदैछ । सभा अमृतभोग क्याटरिङ कालिकास्थान डिल्लीबजारमा बिहान ११ बजे शुरू हुने जानकारी दिइएको हो । सभाले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव...
हिमालयन बैंक र सिभिल बैंकबीच मध्यरातमा सहमति, आज सम्झौता हुँदै
काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मध्यरातमा सहमति भएको छ । लगभग भाँडिइसकेको यी दुई बैंकबीच मंगलबार बेलुका फेरि सकारात्मक देखिएको छ । मंगलबार मध्यरातमा भएको सहमति अनुसार नेपाल बंगलादेश बैंक र नबिल बैंककै मोडलमा हिमालयन बैंकमा सिभिल...




















