के तपाई सामुदायिक बिद्यालयको शिक्षक हुनुहुन्छ ? अब अनलाईनबाटै भुक्तानी गर्न सक्नुहुन्छ जीवन बीमाको रकम

काठमाडौ । नागरिक लगानी कोषले सामुदायिक बिद्यालयका शिक्षकहरुले सावधिक जीबन बीमा योजना अन्तर्गत अनिवार्य रुपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ । यो भन्दा अघि कोषले अनलाइन प्रणालीबाट...


बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने अवस्थामा पुग्यौ: नेपाल चेम्बर अफ कमर्स

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बढ्दो ब्याजदर नियन्त्रण गरि व्यवसायिक वातावरण बनाउन नेपाल राष्ट्रबैंकको ध्यानाकर्षण गराएको छ । निक्षेपमै उच्चदरको ब्याजदर कायम हुँदा यसको असर कर्जाको ब्याजदरमा समेत पर्न थालेको चेम्बरको ठहर छ । चेम्बरले नियमनकारी निकाय राष्ट्रबैंकसमक्ष...


बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आइतबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो साता उतारचढावकाबीच उच्च अंकले घट्न पुगेको नेप्से परिसूचक आज २३.८३ अंकले घटेर १८१५ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूचक घटेसँगै शेयरबजारमा आज एक...


गण्डकी प्रदेशस्तरीय तेस्रो अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न, पुरुषतर्फ नबिल बैंक र महिलातर्फ लक्ष्मी बैंक बिजेता

काठमाडौं । राष्ट्र बैंक कर्मचारी संघ पोखराद्धारा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिता–२०७९ को तेस्रो संस्करण पोखरामा सम्पन्न भएको छ । उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका पुरुषतर्फ ३८ समूह र महिला तर्फ ११ समूह...


अभियान लघुवित्तको शेयर आजदेखि कारोबारमा, कतिमा खुल्यो ?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आजदेखि कारोबारमा आएको छ । कम्पनीको आइपीओ शुक्रबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो । लघुवित्तको शेयर ३१६ रुपैयाँमा खुलेको छ । यो समाचार तयार पार्दासम्म संस्थाको शेयर १.९९ प्रतिशत...


इन्फिनिटी लघुवित्तको स्वतन्त्र संचालकमा महेश्वर प्रसाद जोशी नियुक्त

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक प्रदिप नरसिंह रायमाझीको कार्यकाल समाप्त भएको छ । रायमाझीको चारवर्षे स्वतन्त्र संचालक पदावधि यहि असोज ७ गते समाप्त भएको हुँदा संस्थाको संचालक समितिको असोज ७ गते नै बसेको बैठकले उक्त...


केबिएल सेक्युरिटिजले डाक्यो विशेष साधारण सभा, ब्रोकर लाइसेन्सको लागि पुँजी बृद्धि गर्ने मुख्य प्रस्ताव

काठमाडौं । कुमारी बैंकद्धारा संचालित केबिएल सेक्युरिटिजले विशेष साधारण सभा आह्वान गरेको छ । असोज ५ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सेक्युरिटिजले ब्रोकर लाइसेन्स प्राप्त गर्न पुँजीबृद्धि आवश्यक रहेकाले सोही प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको...


सिद्धार्थ बैंकको ‘दसैँको बहार, क्यासब्याक उपहार’ योजना

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाड दसैँको अवसर पारी ग्राहक महानुभावहरुलाई लक्षित गर्दै दसैँको बहार, क्यासब्याक उपहार योजना ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ, बैंकले यहि आश्विन ८ गते देखि लागु हुने गरी उक्त...


हाथवे इन्भेष्टमेन्ट नेपालद्धारा लाभांश दिने घोषणा

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले १०% लाभांश दिने घोषणा गरेको छ ।कम्पनीको (असोज ४ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १०% नगद लाभांश दिने प्रस्ताव गरेको हो । यस्तै, यसले असोज २८ गते साधारण सभा...


एनसीसी र कुमारी बैंकबीच मर्जरबारे छलफल

काठमाडौं । एनसीसी र कुमारी बैंकको मर्जरका लागि सम्झौताको लागि गृहकार्यमा दुवै संचालकहरुले छलफललाई तिव्रता दिईरहेको छ। यसअघि माछापुच्छ्र्रे बैंक र अन्य बैंकसँग छलफल भएपनि कुमारी बैंकसँग भने सम्भावना रहेको एनसीसी बैंकका संचालकले बताएका छन् । नेपाल राष्ट्र बैंकले...


चाडपर्वको अवसरमा एनआईसी एशिया बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्नेलाई बैंकको तर्फबाट आकर्षक दक्षिणा

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरु ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा ‘एन आई सी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । सहज एवं सबल...


ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दति योजना

काठमाडौं । । ग्लोबल आइएमई बैंक लिमिटेडले २ वर्षमै २ गुणा हुने मुद्दति योजना ग्लोबल आइएमई धनवृष्टि मुद्दति योजना’ सार्वजनिक गरेको छ। यस मुद्दति निक्षेप योजनाअन्तर्गत ग्राहकले २ वर्षमै आफ्नो मुद्दति निक्षेप दोब्बर गर्न सक्नेछन्। यस योजनाअन्तर्गत मुद्दति निक्षेप...


एभरेष्ट बैैंकको २० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ऋणपत्र आज नेप्सेमा ‘इबिएलडि८५’ सिम्बोलबाट सूचीकृत भएको हो । बैंकको अंकित मूल्य १००० रुपैयाँ दरका कुल २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।...


अभियान लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेको साधारण शेयर (आइपीओ) सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘एभिवाइएएन’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता आइपीओ सूचीकृत भएको...


नेप्सेद्धारा एभरेष्ट बैंकको अग्राधिकार शेयर सूचीकरण खारेज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंक लिमिटेडको अग्राधिकार शेयर सूचीकरण खारेज गरेको छ । बैंकले जारी गरेको २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता ७ प्रतिशत लाभांश दरको अग्राधिकार शेयर असोज १३ गते पाँचौ तथा अन्तिम पटक...


एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा

काठमाण्डौं । एनआईसी एशिया बैंकका ग्राहकले अब आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ। हाल बैंकका १४ लाखभन्दा बढी मोबाइल बैंकिङ एप प्रयोगकर्ता रहेका छन्। मोबाइल बैंकिङ एप प्रयोगकर्ताले मोबाइल...


सानिमा बैंकको ५१ लाख कित्ता शेयर बिक्रीमा

काठमाण्डौं । सानिमा बैंकले ५१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ५१ लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो। विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने बैंकले जनाएको छ। इच्छुक संस्थापक सेयरधनीहरुले यो...


निफ्राको लाभांश घोषणा, कति दिँदैछ नगद लाभांश ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट करसहित ४।२१०५५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश अर्थमन्त्रालयको स्वीकृति...


राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर परिमार्जन, कुन खातामा कति? 

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ब्याजदर परिमार्जन गरेको छ । बैंकले असोज १ गते लागू हुनेगरी भदौ ३१ गते बढाएर नयाँ ब्याजदर प्रकाशन गरेको थियो । बैंकहरुले प्रकाशन गरेको ब्याजदरमा राष्ट्र बैंकले तोकेभन्दा बढी भएको भन्दै...


समीट लघुवित्तको २२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि संचालक समितिसमक्ष निवेदन पेश गरेकोमा संस्थाले सो शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।...