मानुषी लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त
काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । शेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण...
नेशनल लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आठ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ७० हजार १५९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि यी शेयर कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेकोमा तोकिएको अवधिसम्म शेयर बिक्री...
नेप्सेमा निफ्राको हरित उर्जा ऋणपत्र सूचीकृत, भोलिदेखि कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्काशन गरेको हरित उर्जा ऋणपत्र सूचीकृत भएको छ। आज बुधबार बैंकको प्रति कित्ता १ हजार रुपैयाँ अंकित ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । ऋणपत्र सूचीकृत...
वाणिज्य बैंकको शेयरमूल्यमा हरियाली, सर्वाधिक कमाउनेमा एनआइसी एशिया बैंक
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २३.९९ अंकले बढेर २७०७.८५ विन्दुमा कायम भएको छ । बुधबार बाणिज्य बैंक समूह सर्वाधिक बृद्धि भएको छ । आज यो...
मौद्रिक नीति अत्यधिक कडाइ र खुकुलोपनबीच दोधारमा छ: सांसद चौधरी
काठमाडौं। अर्थ समितिको बैठकमा मौद्रिक नीति सम्बन्धी छलफल गर्दै सांसद विनोद चौधरीले राष्ट्र बैंकको नीतिगत झुकाव अत्यधिक कडाइ र अत्यधिक खुकुलोपनबीच दोधारमा देखिएको टिप्पणी गरेका छन्। उनले नीति बनाउने क्रममा सन्तुलनको खाँचो रहेको उल्लेख गर्दै भने, ‘राम्रो नीति कस्यो...
मौद्रिक नीतिमा दीर्घकालीन दृष्टिकोणको खाँचो छः पूर्व अर्थमन्त्री महत
काठमाडौं । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले हालको मौद्रिक नीति अस्थिर ढंगले सञ्चालन भइरहेको भन्दै दीर्घकालीन समाधान ल्याउने आवश्यकतामा जोड दिन आग्रह गरेका छन् । अर्थ समितिको बैठकमा मौद्रिक नीति सम्बन्धी छलफलका क्रममा बोल्दै उनले अत्यधिक कर्जा प्रवाहपछि...
मौद्रिक नीति लचिलो होस् तर नियन्त्रण नगुमाओस्ः वर्षामान पुन
काठमाडौं । पूर्व अर्थमन्त्री वर्षामान पुनले प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै मौद्रिक नीति लचिलो बनाएर मात्र अर्थतन्त्र सुधार नहुने चेतावनी दिएका छन्। उनले नीति निर्माणमा सन्तुलन आवश्यक रहेको उल्लेख गर्दै आवश्यकता भन्दा बढी लचिलोपनले नियमन कमजोर हुने खतरा औंल्याए।...
बैंकहरू डुब्ने अवस्थामा पुगे, खराब कर्जा लुकाएर संकट ल्याउँन खोजिँदैछः स्वर्णिम वाग्ले
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै सांसद स्वर्णिम वाग्लेले देशको बैंकिङ क्षेत्र गम्भीर संकटमा पुगेको चेतावनी दिएका छन्। उनले राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा यथार्थ परक विवरण प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै अहिले देखिएको खराब कर्जाको वास्तविक अवस्था लुकाउने...
महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा ठाकुर
काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त भएका छन् । बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकले ठाकुरलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई असार २२ गतेदेखि लागू हुनेगरी बैंकको स्वतन्त्र...
बैंकिङ्ग प्रणालीबाट ६३ दिनको लागि ४० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौं । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार २५ गते बुधबार बजारबाट ४० अर्ब खिच्ने भएको छ। राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले ६३ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिच्ने भएको हो ।...
लाभांश, आईपीओ र हकप्रद शेयरको बाँकी रकम फिर्ता लिन नेरुडे मिर्मिरे लघुवित्तको आग्रह
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले पुरानो लाभांश, आईपीओ र हकप्रद शेयर बापतको बाँकी रकम फिर्ता लिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ। कम्पनीको विभिन्न आर्थिक वर्षमा सम्पन्न भएको साधारणसभाबाट पारित नगद लाभांश पाँच वर्ष वितिसक्दा पनि केही...
गभर्नर नियुक्तिमा सर्वोच्चले तत्काल रोक नलगाउने, रिटलाई प्राथमिकतामा राख्दै सुनुवाइ अघि बढाउने
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी नगर्ने निर्णय सुनाएको हो। हाललाई अन्तरिम...
सामाजिक उत्तरदायित्वमा सक्रिय सांग्रिला बैंक: स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर सहयोग
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ । असार २३ गते सोमबार आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक, दाङ सब क्लस्टर प्रमुख आश...
सानिमा बैंकको टिमुरे शाखा आकस्मिक बाढीका कारण बन्द
काठमाडौँ। रसुवास्थित नेपाल–चीन सीमामा पर्ने ल्हेन्दे खोलामा आज बिहान आएको आकस्मिक बाढीका कारण सानिमा बैंकको टिमुरे शाखा सञ्चालनमा आउन सकेको छैन। प्राकृतिक विपत्तिका कारण अस्थायी रूपमा सेवा अवरुद्ध भएको जानकारी बैंकले सार्वजनिक गर्दै, ग्राहकहरूलाई नजिकैका अन्य शाखाहरूमा सम्पर्क गरी बैंकिङ...
नेपाल एसबिआई बैंकले मनायो ३२औं वार्षिकोत्सव
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले साउन २३ गते आफ्नो ३२औं वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाएको छ। यस अवसरमा बैंकले आयोजना गरेको शपथ ग्रहण समारोहमा कर्मचारीहरूले बैंकप्रतिको जिम्मेवारीप्रति प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम...
अर्थतन्त्रमा सुधारको रफ्तार: रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिले दियो बलियो टेवा, कस्तो छ समग्र चित्र ?
काठमाडौँ । नेपालको अर्थतन्त्रले अहिले सुधारको प्रक्रियामा तीव्रता लिइरहेको छ। विभिन्न आर्थिक सूचकांकहरूमा सकारात्मक संकेत देखिन थालेका छन् भने सरकारले आन्तरिक अर्थतन्त्रलाई सुदृढ बनाउन अगाडि बढाएको कदमहरूले पनि राम्रो प्रभाव पारेको छ। यस्तो सुधारले व्यवसायीहरूको मनोबलमा समेत वृद्धि गरेको...
बैंकिङ्ग प्रणालीमा अधिक तरलता: ११ महिनामा २१३ खर्ब ४३ अर्ब ५० करोड प्रशोचन
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिना कुल २१३ खर्ब ४३ अर्ब ५० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न नसकेको उक्त रकम राष्ट्र बैंकले पटक पटक गरेर...
अन्तरबैंक कारोबारमा ठूलो धक्का: एक वर्षमै २३ खर्ब ८० अर्बले घट्यो
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा कुल अन्तरबैंक कारोबार ५८.६ प्रतिशतले घटेर १६ खर्ब ८१ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ। नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको वित्तीय विवरणमा यस्तो उल्लेख गरिएको हो। यस अवधिमा वाणिज्य बैंकहरूबीच...
विदेशी विनिमय सञ्चिति २५.९% ले बढेर २५ खर्ब ६९ अर्ब पुग्यो, १७.६ महिनाको आयात धान्ने
काठमाडौं । आर्थिक वर्ष २०८२ जेठ मसान्तसम्म नेपालमा रहेको कुल विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले वृद्धि भई २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही समय २०८१ असार मसान्तमा सञ्चिति २० खर्ब ४१ अर्ब १०...
शोधनान्तर स्थिति करिव पाँच खर्ब बचतमा
काठमाडौं । चालु आर्थिक वर्ष जेठ मसान्तसम्ममा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आवको सोही अवधिमा शोधनान्तर स्थिति ४...



















