रवि लामिछानको अपिलः सरकारी सम्पत्तिको रक्षा गरौं, भ्रष्टाचारीलाई जेल हाल्न प्रमाण चाहिन्छ

काठमाडौं । रास्वपा सभापति रबि लामिछानेले आन्दोलनकारी जेनजी युवाहरुलाई सरकारी सम्पत्तिको रक्षा गर्न अपिल गरेका छन् । उनले भ्रष्ट व्यक्तिहरुलाई जेल चलान गर्नको लागि प्रमाण आवश्यक पर्ने भएकाले सरकारी अभिलेख भएका तथा सम्पूर्ण सरकारी सम्पत्तिको रक्षा गर्न आग्रह गरेका...


कान्तिपुर पब्लिकेसनको भवनमा आगजनी, समाचार प्रकाशन बन्द

काठमाडौँ । काठमाडौँस्थित कान्तिपुर पब्लिकेसनको कम्प्लेक्समा जेन जी समूहका केही युवाहरुले आगजनी गरेका छन्। आक्रोशित समूहले आज काठमाडौँका विभिन्न सरकारी निकायमा समेत आगजनी गरेका छन्। सो घटनामा कान्तिपुर पब्लिकेसनको भवनमा क्षति पुगेको छ भने हाल समाचार प्रशासन बन्द रहेको...


कोटेश्वरमा जेनजी प्रदर्शनकारीको आक्रमण, ३ जना प्रहरीको मृत्यु

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा काठमाडौँको कोटेश्वर प्रहरी प्रभागमा भएको आक्रमणमा ३ जना प्रहरीको मृत्यु भएको छ । प्रदर्शनकारीहरूले प्रभागमा आगजनी गरेपछि प्रहरीमाथि हमला गरिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आक्रमणका क्रममा केही प्रहरीहरूलाई नियन्त्रणमा...


त्रिवि शिक्षण अस्पतालमा ३३ प्रदर्शनकारी भर्ना, पाँचको अवस्था गम्भीर

काठमाडौँ । मंगलबारको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका ३३ जना प्रदर्शनकारीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि भर्ना गरिएको छ । राजधानीका विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपपछि उनीहरूलाई अस्पताल ल्याइएको हो । अस्पताल प्रशासनका अनुसार भर्ना भएकामध्ये...


जेन-जी आन्दोलनका क्रममा विराटनगरको भाटभटेनीमा लुटपाट र तोडफोड

काठमाडौँ । जेनजी आन्दोलन तीव्र बन्दै जाँदा विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा आक्रोशित समूहले लुटपाट गरेका छन् । सरकारी कार्यालय र नेताका घरलाई लक्षित गर्दै आगजनी गरिरहेको भीडले मंगलबार भाटभटेनीमा पसि सामान लुटपाटसँगै तोडफोड गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । लुटपाट भएको...


निजामती अस्पतालमा तीन प्रदर्शनकारीको मृत्यु

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएर उपचाररत तीन प्रदर्शनकारीको निजामती अस्पतालमा मृत्यु भएको छ । मंगलबारसम्म विभिन्न स्थानबाट १९० जना घाइते उपचारका लागि ल्याइएका थिए । उपचारकै क्रममा तीन जनाले ज्यान गुमाएको छ। दुई जनालाई थप उपचारका लागि...


जेनजी विद्रोहबारे राष्ट्रपति पौडेलको आपिल : वार्तामार्फत समाधान खोजौँ

काठमाडौँ । जारी जेनजी विद्रोहले मुलुक अशान्त बन्दै जाँदा राष्ट्रपति रामचन्द्र पौडेलले संयमता अपनाउँदै वार्तामा आउन आन्दोलनरत युवापुस्तालाई अपिल गरेका छन् । राष्ट्रपति पौडेलले लोकतन्त्रमा नागरिकका मागलाई संवादमार्फत समाधान गर्ने परम्परा रहेको उल्लेख गर्दै भनेका छन्, ‘लोकतन्त्रमा नागरिकले उठाएका...


चितवनमा रहेको प्रचण्डको घरमा जेनजीले लगाए आगो

काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को भरतपुर, चितवनमा रहेको घरमा आगलागी भएको छ । चितवनमा रहेका जेनजी युवाहरुले पूर्वप्रधानमन्त्री प्रचण्डको घरमा आगो लगाएका हुन् । देशको पछिल्लो अवस्था निकै तनावग्रस्त बन्न पुगेको छ ।...


पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घरमा आगजनी

काठमाडौँ । जेनजी आन्दोलन तीव्र बन्दै जाँदा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घरमा पनि आक्रोशित प्रदर्शनकारीले आगजनी गरेका छन् । राजधानीको टोखास्थित उनको निवास अगाडि भेला भएका युवाहरूले नाराबाजी गर्दै घरभित्रै आगो लगाएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । आगलागीपछि घर वरिपरि धुवाँको...


सर्वोच्च अदालतमा पनि आगजनी, मुद्दाका महत्वपूर्ण कागजात र प्रमाणहरू नष्ट

काठमाडौं । जेनजी युवाहरूको समूहले सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् । अपरान्हतिर सर्वोच्च अदालत प्रवेश गरेका उनीहरूले सुरुमै सर्वोच्च अदालत परिसरमा रहेका सवारीसाधनमा आगजनी गरे । त्यसपछि अदालतभित्र प्रवेश गरेर उनीहरूले आगो लगाएका थिए ।’ सर्वोच्च अदालतमा देशभरका...


सार्वजनिक सम्पत्ति नष्ट नगर्ने नेपाली सेनाको अपिल

काठमाडौँ । देशभर जेन-जी आन्दोलन चर्किरहेका बेला नेपाली सेनाले संयमता अपनाउन अपिल गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाबाट मंगलबार जारी विज्ञप्तिमा हालसम्मको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण जनतामा संयमित बन्न अनुरोध गरिएको...


नेपाली सेनाको पहलमा बालेन, रबि र जेनजीबीच वार्ता सुरु

काठमाडौं । नेपाली सेनाको पहलमा बालेन, रबि लामिछाने र जेनजीबीच प्रधानसेनापतिको कार्यालयमा बार्ता सुरु भएको छ । देशको पछिल्लो तनावपूर्ण राजनीतिक अवस्थालाई मध्यनजर गर्दै नयाँ सरकार गठनको लागि उनीहरुबीच बार्ता सुरु भएको हो । बालेन र नेपाली सेनाले सार्वजनिक...


नक्सालमा रहेको भाटभटेनीमा ‘जेन-जी’ को आगजनी

काठमाडौँ । राजधानी नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा मंगलबार दिउँसो जेन जी प्रदर्शनकारीले आगजनी गरेका छन् । आक्रोशित समूहले मिन बहादुर गुरुङद्वारा सञ्चालित उक्त मार्टमा प्रवेश गरी आगो लगाएका हुन् । आगलागीका कारण मार्टको तल्लो तर्फको भागमा ठूलो क्षति पुगेको प्रारम्भिक...


उग्र प्रदर्शनपछि जेनजीहरुले मनाए विजय उत्सव

काठमाडौं । उग्र प्रदर्शन गरेका जेनजी प्रदर्शनकारीहरूले अहिले विजय उत्सव मनाउन थालेका छन् । सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार १९ जनाको मृत्यु भएको थियो । त्यसपछि झनै आक्रोशित भएका जेनजी युवाहरू आज पनि प्रदर्शनमा...


आन्दोलनकै बीचमा ज्ञानेन्द्र शाहको वक्तव्य, नेपाली सेनालाई नियन्त्रणमा लिन राजावादीको अपिल

काठमाडौँ । देशभर जेन जी आन्दोलन चर्किँदै गएको बेला पूर्व राजा ज्ञानेन्द्र शाहको पक्षधर समूहले नेपाली सेनालाई सक्रिय कदम चाल्न अपिल गरेको छ । संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकार र...


चौधरी ग्रुपको सतुंगलस्थित कारखानामा प्रदर्शनकारीले आगजनी

काठमाडौैं । चौधरी ग्रुपको सतुंगलस्थित कारखानामा प्रदर्शनकारीले आगजनी गरेका छन्। कारखानाभित्रबाट सामान निकाल्दै बाहिर ल्याएर जलाइरहेका छन्। सीजीको यो कारखानामा टेलिभिजन, रेफ्रिजिरेटर, माइक्रो ओभन, वासिङ मेसिन लगायत घरायसी उपकरण उत्पादन तथा एसेम्बल गरिन्छ। सीजी इलेक्ट्रोनिक्स एलजीको नेपालस्थित आधिकारिक वितरक...


‘जेन-जी’ लाई संयमित अपनाउन अपिल

काठमाडौँ । देशभर चर्किएको जेन जी आन्दोलनलाई शान्तिपूर्ण बनाइ संयमित ढंगले अघि बढाउन विभिन्न पक्षबाट अपिल हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र भीम उपाध्यायाले आ–आफ्ना तर्फबाट सन्देश जारी गर्दै आन्दोलनकारीलाई धैर्य अपनाउन आग्रह गरेका हुन्...


संयमित रहन जेनजीलाई मेयर बालेन शाहले आह्वान

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संयमित रहन जेनजीलाई आह्वान गरेका छन् । मंगलबार काठमाडौँ महानगरका मेयर बालेन शाहले फेसबुकमा लेख्दै भनेका छन्,हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त न्भल श् को आन्दोलन हो । प्रिय न्भल श्, तपाईंहरूको...


चन्द्रागिरि हिल्समा ठूलो क्षति, भवनमा लगाईयो आगो

काठमाडौँ । जेन जी आन्दोलन चर्किदै जाँदा चन्द्रागिरि हिल्समा ठूलो क्षति भएको छ । आन्दोलनकारीले आक्रोशित हुँदै चन्द्रागीरी केबलकार सञ्चालन हुने तल्लो स्टेशनमा आगजनी गरेका हुन् । आगलागीका कारण भवनमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएको छ । सुरक्षाकर्मीहरूले...


जेनजीहरूले सिंहदरबार गेटमा सुरक्षाकर्मीले बोकेका हतियार खोसेर आफैं पड्काए

काठमाडौं । जेनजीहरूले सिंहदरबार गेटमा सुरक्षाकर्मीले बोकेका हतियार खोसेर आफैं पड्काएका छन् । सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले गेटमा सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएका हुन् । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय...