हाइड्रोपावरमा झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.१३ अंकले बढेर २६५७ को बिन्दुमा कायम भएको छ । आइतबार सानिमा माई हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको...
अवकाश कोष अनिवार्य रूपमा सरकारी कोषमा जोडिनु उपयुक्त छैन, ऐच्छिक बनाऔँ: डा. महत
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले बैंक तथा वित्तीय संस्थामा सञ्चालित अवकाश कोषलाई अनिवार्य रूपमा सरकारी कोषमा सार्न हतार नगर्न सुझाव दिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै डा. महतले स्वतन्त्र रूपमा सञ्चालित अवकाश...
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएन
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस भएन । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विधेयक पेस गर्ने कार्यसूचनी भए पनि अन्तिममा सभामुख देवराज घिमिरेले कार्यसूचीमा...
चीन जोड्ने तातोपानी नाका अवरुद्ध
काठमाडौँ । चीनसँग सिधा जोडिने प्रमुख अन्तर्राष्ट्रिय राजमार्ग फेरि अवरुद्ध बनेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ अन्तर्गत पर्ने कोदारी क्षेत्रमा आइतबार बिहान सडक भासिएपछि तातोपानी नाका हुँदै चल्ने सवारी आवागमन र मालवाहक ढुवानी पूर्णरूपमा ठप्प भएको हो। शनिबार रातिदेखि जारी...
महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवमा कर्मचारी सम्मानित
काठमाडौं । महालक्ष्मी विकास बैंकले ३१औँ वार्षिकोत्सवको अवसरमा २० वर्षभन्दा बढी सेवा प्रदान गरेका कर्मचारीहरुलाई एक विशेष कार्यक्रम सहित सम्मान गरेको छ। बैंकमा इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यवसायिकताका साथ २० वर्षसम्म निरन्तर रूपमा बैंकको स्थायित्व, विकास र उत्कृष्टताको...
घुस लिएर ट्रायल फेल भएकालाई लाइसेन्स वितरणः बिचौलिया सहित एकजना कर्मचारी पक्राउ, ३१ थान मोबाइल बरामद
काठमाडौं । चितवनको भरतपुरस्थित यातायात व्यवस्था कार्यालयमा ट्रायल फेल भएकालाई पनि घुस लिएर लाइसेन्स वितरण गर्ने गरेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ ३० गते शुक्रबार बिचौलिया सहित एकजना सरकारी कर्मचारीलाई पक्राउ गरेपछि यो प्रकरण सतहमा आएको हो।...
बजेट छलफल अघि अर्थमन्त्रीद्वारा पृष्ठभूमि प्रस्तुत: अनिवार्य दायित्व १३ खर्ब, बहुवर्षीय दायित्व ६ खर्ब नाघ्यो
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि संसदमा छलफल सुरु गर्नुपूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्रीले बजेटको पृष्ठभूमिसम्बन्धी महत्वपूर्ण विवरण सार्वजनिक गरेका छन्। अर्थमन्त्रीले चालु आर्थिक वर्षको सुरुआतमा सरकारी कोष ऋणात्मक अवस्थामा रहेको उल्लेख गर्दै २२५ अर्ब घाटाबाट वर्षको थालनी गरिएको...
रास्वपा–राप्रपाको अवरोधबीच संसद बैठक सुरू, वेल घेराउ गर्दै विरोध प्रदर्शन
काठमाडौँ । विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विरोधकै बीच प्रतिनिधि सभाको बैठक सुरू भएको छ। दुई दलको अवरोधबीच सभामुख देवराज घिमिरेले सांसदहरुलाई बोल्नका लागि समय उपलब्ध गराइरहेका छन् । रास्वपाले वेल घेराउ...
माओवादीले चोख्याउन खोजेका गृहमन्त्री लेखक अन्तर्राष्ट्रिय निगरानीमा !
काठमाडौं । भिजिट भिसामा विदेश जाने नेपालीहरुलाई सेटिङमा गैर कानूनी रुपमा विमानस्थलबाट प्रवेश अनुमति दिएर मानव तस्करीमा संलग्न देखिएका गृहमन्त्री रमेश लेखकमाथि छानविन गर्नै नपर्ने गरी माओवादीले संसदबाट चोख्याउन सहयोग गरेको छ । अन्तर्राष्ट्रिय मानव ओसार पसार नियन्त्रणमा सक्रिय...
मुद्दती खातामा लगानी गर्न धितोपत्र बोर्डको आह्वान
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले अक्षय कोषको रकम मुद्दती खातामा लगानी गर्नका लागि इच्छुक ‘क’ वर्गका बैंकहरूबाट सिलबन्दी प्रस्ताव माग गरेको छ। बोर्डले नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७ बमोजिम उक्त लगानी प्रक्रिया अघि बढाउन लागेको हो। बोर्डले...
ट्रेड टावरको आईपीओको नतिजा अनलाइनमा सार्वजनिक
काठमाडौं । ट्रेड टावर लिमिटेडले आज बिहान साढे ९ बजे काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा गरेको आईपीओ बाँडफाँडको नजिता अनलाइनमा प्रकाशित गरेको छ। यससँगै अब लगानीकर्ताले मेरो शेयर, बिक्री प्रबन्धक र सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आईपीओ हेर्नका लागि निर्माण...
सानिमा रिलायन्सको ‘दम्पती जीवन बीमा’ योजना, यसकारण पर्दैछ ग्राहकको रोजाइमा
काठमाडौं । मानव जीवन अनिश्चित छ । कतिबेला कसलाई के हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । दुर्घटना, बिरामी, मृत्युजस्ता अकल्पनीय घटना मानव जीवनमा जतिबेला पनि आउन सक्छ । अनिश्चित जीवनमा निश्चितता भएर रहने हरेकको चाहना हुन्छ । अनिश्चित...
हिमालयन बैंकको व्यवस्थापन र सीईओका कारण सशंकित हबिब बैंक, ३ अर्बको शेयर बेचेर देश छोड्दै
काठमाडौँ । हिमालयन बैंक लिमिटेडमा व्यवस्थापन संकट र गम्भीर गुटबन्दीका कारण अन्तर्राष्ट्रिय लगानीकर्ता पाकिस्तानको हबिब बैंक लिमिटेड पूर्ण रूपमा बाहिरिन लागेको छ । संस्थापक शेयर लगानीकर्ता रहेको हबिब बैंक अहिले तीन अर्ब १३ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर...
नौकुण्ड गाउँपालिकामा बीमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नौकुण्ड गाउँपालिकामा बीमा सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहलमा जेठ २७ गते जनप्रतिनिध, स्थानीय तहका कर्मचारी तथा आम नागरिकको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । नेपाल बीमा प्राधिकरणका तथ्यांकशास्त्री...
श्रीमतीको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय सामाजिक र पारिवारिक कार्यक्रमहरूमा उपहार दिने परम्परा समय सापेक्ष रूपमा परिष्कृत हुँदै गएको छ। विशेषतः विवाह, ब्रतबन्ध, जन्मदिन जस्ता शुभ अवसरहरूमा दीर्घकालीन लाभ दिने किसिमका उपहार दिने प्रवृत्ति विस्तारै लोकप्रिय बन्दै गएको छ। यही सन्दर्भमा...
जहाज दुर्घटना लगत्तै भारतमा फेरि अर्को हवाइ दुर्घटना, यात्रुबाहक हेलिकप्टर खस्यो
काठमाडौँ । भारतमा यात्रुवाहक विमान दुर्घटनाको केही समय नबित्दै फेरि अर्को हवाइ दुर्घटना भएको छ । उत्तराखण्ड राज्यको रुद्रप्रयागमा यात्रु बोकेको एक हेलिकप्टर दुर्घटनामा पर्दा पाइलटसहित पाँच जनाको ज्यान गएको हो। केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्रीहरुलाई बोकेको...
लाभांश पारित गर्न कहिले बस्दैछ नेशनल लाइफको वार्षिक सभा ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आउँदो असार ५ गते लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे ३७औं वार्षिक साधारण सभा बस्ने भएको छ । सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३...
आज बजेट ल्याउँदै प्रदेशहरु
काठमाडौं । प्रदेश सरकारहरुले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट आज सार्वजनिक गर्दैछन् । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत गर्न लागेका हुन् । प्रदेश सरकारले असार १...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
आजसम्म कायम शेयरधनीले मात्रै पिपुल्स पावरको हकप्रदमा आवेदन दिन सक्ने
काठमाडौं । पिपुल्स पावर लिमिटेडले निकट भविष्यमा निष्कासन गर्न लागेको ५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। हकप्रद निष्कासनका लागि कम्पनीले भोलि १ दिन बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै उक्त शेयरमा आवेदन...




















