बैकिङ्ग र माइक्रोफाइनान्स कम्पनीको उच्च कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । नेप्से परिसूचक २७ अंकले बढेसँगै आज साढे नौ अर्ब रुपैयाँको कारोबार भएको छ । आज नेपाल इन्फ्रास्टक्चरको सबैभन्दा बढी कारोबार भएको छ ।...
नेप्से पुनः संरचनाको अध्ययन प्रस्ताव अर्थ मन्त्रालयमा पेश
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से) ले नेप्से पुनः संरचनाका लागि अध्ययन प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरेकोे छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले जानकारी दिएका छन् । पराजुलीले नेप्से पुनः संरचना...
बिराटनगरमा नक्कली भ्याट बिलकाे व्यापक काण्ड, एउटै व्यापारीले ८६ कराेड छली
काठमाडौँ । विराटनगरका एक हार्डवेयर व्यवसायीलाई ८६ करोड रुपैयाँभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको अभियोगमा पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ । यो प्रकरणले स्थानीय व्यापार क्षेत्रमा तहल्का मच्चाएको छ भने अनुसन्धान विस्तार हुँदै धेरै व्यवसायी र...
लगानीकर्तालाई झुक्याउने बाटो बन्द: कमजोर वित्तीय धरातलको प्राइम बैंकको ऋणपत्रमा रोक
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राइम कमर्शियल बैंक लिमिटेडलाई ऋणपत्र निष्कासनमा रोक लगाउँदै आइरहेको छ । बैंकको वित्तीय अवस्था निरन्तर कमजोर हुँदै गएको, संस्थागत सुशासनमा गम्भीर कमजोरी देखिएको र बैंक सीमित व्यक्तिहरूको इशारामा चलिरहेको निष्कर्षसहित नियामक निकायले...
इरान र प्यालेस्टाइनको पक्षमा १२ दलले भोलि काठमाडौंमा जुलुस प्रदर्शन गर्ने
काठमाडौं । इरान र प्यालेस्टाइनमाथिको आक्रमण विरुद्ध भोलि असार २७ गते प्रदर्शनी मार्ग काठमाडौंमा दिउँसो साढे १ बजे १२ राजनीतिक दलले जुलुस प्रदर्शन गर्ने भएको छ। यसअघि माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको विभिन्न दलहरूको बैठकले अमेरिकी र इजरायली आक्रमणको...
सरकारको विकास खर्चको अवस्था दयनीय, चालु आवमा ५९% मात्रै बजेट खर्च
काठमाडौं । चालु आर्थिक वर्षमा सरकारको बजेट खर्चको अवस्था दयनीय बनेको छ । असार २५ अर्थात बुधबार यस आवको बजेट खर्च गर्ने अन्तिम दिनसम्मको विवरण अनुसार सरकारले विकास बजेट ५९.१३ प्रतिशतसम्म मात्र खर्चिएको हो । सरकारको लक्ष्य एकातिर र...
कोरोना बीमाको दाबी भुक्तानी सरकारको दायित्वमा रहेको भन्दै पन्छिए प्राधिकरणका अध्यक्ष ओझा
काठमाडौं । कोरोना बीमाको दाबी रकम सरकारको दायित्वमा रहेको भन्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा दाबी भुक्तानीमा नियामकका निर्णयले नहुने बताएका छन् । बीमा प्राधिकरणले बीमा कम्पनीहरुले आफनो दायित्व निर्वाह गरिसकेको र हाल कोरोना बीमा दाबी भुक्तानी...
हिम स्टार उर्जाको आईपीओमा भोलिसम्म आवेदन दिन सकिने
काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्वसाधारणमा निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने भोलि असार २७ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल...
युनिभर्सल पावरले राप्ती हाइड्रोको साढे १४ लाख कित्ता शेयर बेच्ने
काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले आफ्नो नाममा रहेको राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर बिक्री गर्ने भएको छ । युनिभर्सलले आफ्नो स्वामित्वमा रहेको राप्तीको १४ लाख ४२ हजार १ सय ८७ कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको...
‘जेडीएस’ परियोजनाका लागि जापानले नेपाललाई दियाे ५३ कराेड ७० लाख अनुदान
काठमाडौं । जापान सरकारले नेपालको मानव संसाधन विकासका लागि ५३ करोड ७० लाख रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ। ‘जापानिज ग्रान्ट एड फर ह्युमन रिसोर्स डिभलपमेन्ट स्कलरशिप (जेडीएस)’ परियोजना अन्तर्गत उक्त रकम नेपाल सरकारलाई प्रदान गरिनेछ। बुधवार...
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल फाइनान्सले ग्लोबल...
एपेक्स मकालु हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
काठमाडौं । एपेक्स मकालु हाइड्रोपावर लिमिटेडले शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव सहित विशेष साधारणसभा बोलाएको छ। हाइड्रोपावरको असार २५ गते बिहान साढे ११ बजे बसेको सञ्चालक समितिको बैठकले साउन ९ गते शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो २ बजे...
विकास हाइड्रोपावरको आइपीओ १८ लाखको हात रित्तो हुने, कहिले हुन्छ बाँडफाँट ?
काठमाडौँ । विकास हाइड्रोपावर कम्पनीको आइपीओ अर्का साता मात्रै बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइपीओ अर्का साता मात्रै बाँडफाँटको तयारी गरि रहेको हो । कम्पनीले असार १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि २९ लाख...
बाढीले १० भन्दा बढी जलविद्युत आयोजना क्षतिग्रस्त, २५० मेगावाट उत्पादन बन्द
काठमाडौँ । असार २४ गते मंगलबार चीनको तिब्बतबाट आएको लेहेन्दे खोला (भोटेकोशी)को भीषण बाढीले नेपालतर्फ रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन तथा सञ्चालनमा रहेका १० भन्दा बढी जलविद्युत आयोजना क्षतिग्रस्त बनाएका छन्। उक्त बाढीले नेपाल–चीन सीमास्थित टिमुरेको मितेरी पुल बगाउनुका...
मौद्रिक नीतिको अन्तिम तयारीमा राष्ट्र बैंक, सहज कर्जा-स्थिर नीति र लगानी प्रवर्द्धनमा जोड
काठमाडौं ।नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको छ। सरकारले लिएको छ प्रतिशतको आर्थिक वृद्धि दर र साढे पाँच प्रतिशतभित्रको मुद्रास्फीतिको लक्ष्य हासिल गर्न सहयोग पुर्याउने गरी राष्ट्र बैंकले नीतिगत रणनीति तय गर्दैछ।...
मानुषी लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त
काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । शेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण...
बोटलर्स नेपाल तराईको सीईओ नियुक्त
काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अजय चन्बासप्पा कोनाले नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असार २५ गते बसेको समितिको बैठकको निर्णयले उनलाई प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो । उनलाई आगामी चार वर्षको लागि...
हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई उत्कृष्ट दुई अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौँ । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ । २०२५, जुलाई ९ मा सिंगापुरमा सम्पन्न भएको विशेष कार्यक्रममा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड‘डोमेस्टिक जनरल इन्स्योरर अफ...
नेपाल टेलिकमको ‘मनसुन अफर’: प्याकेजमा ३०% सम्म छुट
काठमाडौं। नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको बढ्दो डिजिटल आवश्यकता र सुलभ दरमा सेवा उपलब्ध गराउने उद्देश्यले ‘मनसुन अफर २०८२’ सार्वजनिक गरेको छ। असार २६ गतेदेखि लागु हुने यस अफर अन्तर्गत विभिन्न आकर्षक भ्वाइस, डाटा र एसएमएस प्याकेजहरूमा ३० प्रतिशतसम्म छुट...
नेपाल उद्योग परिसंघको नेतृत्वमा वीरेन्द्रराज पाण्डे, नयाँ टोली सर्वसम्मत चयन
काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन् । एक दशकदेखि...




















