‘झण्डा पूजा’ को नाममा शिखर नगरपालिकाद्वारा सरकारी रकमको दुरुपयोग, कार्यालयमा नै भोजभतेर
काठमाडौँ । डोटीको शिखर नगरपालिकाले घटस्थापनाको दिन कार्यालयमै भोजभतेर गर्दै सरकारी रकमको दुरुपयोग गरेको तथ्य बाहिरिएको छ । नगरपालिकाले ‘झण्डा राख्ने पूजा’ को नाममा बजेट प्रयोग गरी बोका काटेर कार्यालय परिसरमै भोज आयोजना गरेको खुलेको हो । स्थानीय सरकार...
नवनियुक्त मन्त्री खरेलको पहिलो निर्णय : पाँच महिनाभित्र १० शहरमा निःशुल्क इन्टरनेट
काठमाडौं । नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पदभार सम्हाल्ने बित्तिकै देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलहरूमा आगामी पाँच महिनाभित्र निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका छन् । आज मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा मन्त्री खरेलले...
उद्योगमन्त्री सिन्हाद्वारा पदभार ग्रहण, सहिद परिवार र घाइतेलाई रोजगारी उपलब्ध गराउने पहिलो निर्णय
काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्था गरिने निर्णय गरेका छन् । उनले सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् । साथै, सरकारी निकामा फर्निचर लगायत निर्माण सामग्री स्वदेशी प्रयोग...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनद्वारा पदभार ग्रहण, यस्तो छ हस्ताक्षर गरेको पहिलो निर्णय
काठमाडौं । राष्ट्रिय नवप्रवर्तन केन्द्रका संस्थापक र प्रख्यात नवीनता विशेषज्ञ महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी ग्रहण गरेका छन् । उनको नियुक्ति युवाहरूका माग र देशभरका प्रदर्शनपछि शिक्षा र प्रविधि क्षेत्र सुधारका लागि गरिएको कदमका रूपमा हेरिएको...
रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सको उडान
काठमाडौं । मुगुस्थित रारा विमानस्थलमा करिब चार महिनापछि नेपाल एयरलाइन्सले सोमबार पुनः नियमित उडान सुरु गरेको छ। नेपाल एयरलाइन्सले गत वैशाख महिनासम्म हप्तामा तीन दिन रारा विमानस्थलमा सेवा सञ्चालन गर्दै आएको थियो। तर, विविध कारणले उडान रोकिएपछि मुगु जाने...
कर्मचारीको अनियमितता र घुस प्रकरणमा अब सिधै मन्त्रीलाई गुनासो गर्न सकिने
काठमाडौं । अब अर्थ मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीले घुस माग्ने वा काममा अनियमितता गर्ने घटनामा नागरिकहरूले सिधै अर्थमन्त्री समक्ष गुनासो गर्न सक्ने भएका छन् । मन्त्रालयले जारी गरेको सूचनाअनुसार नियामक निकाय, विभाग, कार्यालय तथा बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित...
नवनियुक्त चार मन्त्रीहरूले लिए शपथ, कसलाई के मन्त्रालय ?
काठमाडौँ । राष्ट्रपति निवास शीतल निवासमा आज आयोजित विशेष समारोहमा चार जना नयाँ मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ लिनेहरूमध्ये पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले उद्योग, कानुन र भूमिसम्बन्धी मन्त्रालयको जिम्मेवारी...
अर्थमन्त्री खनाल र एडीबी कन्ट्री डाईरेक्टर कोस्वाबीच भेट, विकास आयोजना निरन्तरतामा छलफल
काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एशियाली विकास बैंक (एडीबी) का कन्ट्री डाईरेक्टर आर्नो कोस्वाबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ। भेटका क्रममा निर्देशक कोस्वाले नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे छलफल गर्दै एडीबीको सहयोगमा सञ्चालित...
टेलिकमको ‘दसैं–तिहार अफर’: इन्टरनेट जडान शुल्क पूर्ण मिनाहा, मोबाइल सेवामा विशेष प्याकेज सुविधा
काठमाडौं । नेपाल टेलिकमले महान चाड दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ । ‘दसैं–तिहार–छठ अफर २०८२’ नाम दिइएको यो अफरअन्तर्गत ग्राहकहरूले इन्टरनेटदेखि मोबाइल सेवासम्मका विविध सुविधा छुटसहित प्रयोग गर्न पाउनेछन् । कम्पनीले असोज...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा...
नाडाको २२ बुँदे सुझावसहित प्रधानमन्त्रीसँग भेट: व्यवसायीको सुरक्षा, बैंकिङ सहजता र नीति सुधारमा जोड
काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले प्रधानमन्त्री शुशिला कार्कीसंग भेटगरी देशको बर्तमान जटील अवस्था र त्यसले अटोमोवाइल व्यवसायमा परेका प्रभावहरुका सम्बन्धमा छलफल गरेको छ । अर्थमन्त्री रामेश्वर खनाल, माननीय उर्जा जलश्रोत, तथा सिंचाइमन्त्री कुलमान घिसिङ्ग,...
ऊर्जा मिश्रणको १० प्रतिशत प्रावधान हटाउन सरकार तयारः मन्त्री घिसिङ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले हाल ऊर्जा मिश्रणमा लागू गरिएको १० प्रतिशतको अनिवार्य प्रावधान तत्कालै हटाउन सरकार तयार रहेको स्पष्ट पारेका छन् । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घ (रिकोन) का प्रतिनिधिसँग आज भएको भेटमा मन्त्री घिसिङले दिगो,...
४५ घण्टापछि खुल्यो नारायणघाट-मुग्लिन सडक
काठमाडौँ । चितवनको तुइन खोलामा खसेको पहिरो पन्छाएपछि करिब दुई दिनपछि नारायणघाट–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ। शुक्रबार साँझ करिब ७ बजेदेखि अवरुद्ध बनेको यो राजमार्ग आइतबार दिउँसोबाट सञ्चालनमा आएको हो। सुरुवाती चरणमा मोटरसाइकल आवागमनलाई प्राथमिकता दिइएको छ भने...
राष्ट्रपतिसमक्ष अख्तियारको ३५औं वार्षिक प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेको छ । आइतबार अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति कार्यालयले राष्ट्रपतिसमक्ष राईले संविधानको धारा...
जेन जी आन्दोलनले निजी क्षेत्रमा ८० अर्बको क्षति, पुनःउत्थानमा सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको तोडफोड तथा आगजनीप्रति दुःख व्यक्त गर्दै निजी क्षेत्रको पुनरुत्थानका लागि सरकार तयार रहेको प्रतिबद्धता जनाएकी छन्। आइतबार सिंहदरबारमा उद्योगी व्यवसायी संघ, औद्योगिक घराना तथा अन्य प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री...
अर्थका तीन सहसचिवको जिम्मेवारी हेरफेर: महेश आचार्य वित्तीय क्षेत्र व्यवस्थापन महाशाखामा
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालय मातहतका सहसचिवहरूको जिम्मेवारीमा महत्वपूर्ण हेरफेर गरेका छन्। आइतबार, ९ असोज ५० देखि लागू हुने गरी गरिएको हेरफेरमा वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा महेश आचार्य नियुक्त भएका छन् भने महेश बराललाई...
मुग्लिन–नारायणगढ सडकखण्डमा फेरी गयो पहिरो, तीन दिनदेखि हजारौं यात्रु अलपत्र
काठमाडौं। मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलामा शुक्रबारदेखि गएको पहिरोले बाटो अवरुद्ध बनेको छ। निरन्तर प्रयास भए पनि सडक अझै खुल्न सकेको छैन। शुक्रबारदेखि सुरु भएको पहिरो पन्छाउने प्रयास आज पनि जारी छ। प्रारम्भमा आज बाटो खुल्ने सम्भावना रहेको बताइएको भए पनि...
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानपछि बैंकहरूको कर्जा पोर्टफोलियो बलियो, नाफा वृद्धि र जोखिम न्यून
काठमाडौँ । सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब रुपैयाँ निकासा गरेपछि बैंक तथा वित्तीय संस्थाहरूलाई प्रत्यक्ष लाभ पुग्ने भएको छ। अर्थमन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि ९ अर्ब...
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको उक्त विधेयक पौडेलले आज प्रमाणीकरण गरेका हुन् ।
मुस्ताङ नाका पूर्ण सञ्चालनमा: २०९ वटा विद्युतिय गाडी भित्रिए
काठमाडौं । भन्सार विभागले रसुवा र तातोपनी नाकामा आएको प्राकृतिक विपत्तिका कारण व्यापार अवरुद्ध भएपछि वैकल्पिक व्यवस्था स्वरूप मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका)लाई पूर्णरूपमा सञ्चालनमा ल्याइएको जनाएको छ। विभागका अनुसार असार २४ गते रसुवा जिल्लास्थित लेहेन्दे खोलामा आएको...



















