भारतबेन्ज गाडी विक्रेता ओम्नी मोटर्सको व्यापारमा पुनः सुधार, ९ महिनामै ७९ करोडको व्यापार
काठमाडौँ । भारतबेन्ज ब्रान्डका व्यावसायिक सवारीसाधन नेपालमा बिक्री वितरण गर्दै आएको ओम्नी मोटर्स प्रालिले पछिल्लो समय फेरि कारोबारमा सुधार गर्न थालेको छ। पछिल्ला केही वर्षमा गिरावटतर्फ उन्मुख देखिएको व्यापार अब विस्तारोन्मुख अवस्थामा प्रवेश गरेको संकेत कम्पनीले २०२५ को सुरुवाती...
छात्रवृत्तिका लागि काठमाडौं महानगरमा देशभरबाट १७ हजार बढी आवेदन, विज्ञानतर्फ झन्डै ७१% आकर्षण
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन आह्वान गरेसँगै देशभरबाट व्यापक रूपमा सहभागिता देखिएको छ। महानगरको शिक्षा विभागका अनुसार देशभरका ७७ वटै जिल्लाबाट कुल १७ हजार २२९...
उपभोक्ता ऐन उल्लङ्घन गर्ने ९ फर्ममाथि कारबाही, दुई कम्पनीलाई लाखौं जरिवाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार गरेको अनुगमनमा उपभोक्ता संरक्षण ऐन २०७४ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ उल्लङ्घन गरेको पाइएका नौ वटा फर्म र संस्थामाथि जरिवाना तथा निर्देशनात्मक कारवाही गरेको छ। अनुगमन टोलीले बुटवल उपमहानगरपालिका–११ मा...
सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
चीनमा घुस लिने मन्त्रीलाई मृत्युदण्ड
काठमाडौं । चीनमा भ्रष्टाचारविरुद्धको कठोर अभियानअन्तर्गत एक पूर्व उपमन्त्रीस्तरका अधिकारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन आयोगमा उपमन्त्रीका रूपमा कार्यरत रहेका लुओ युलिनमाथि ठूला आर्थिक अनियमितता र आन्तरिक कारोबार (इन्साइडर ट्रेडिङ) मा संलग्न भएको अभियोग प्रमाणित...
असार मसान्तसम्म विवरण बुझाउने कम्पनीहरूलाई ९० प्रतिशत छुट
काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरले असार मसान्तसम्म कम्पनीहरूले बुझाउन बाँकी विवरण, सूचना वा जानकारी सहित निवेदन बुझाए ९० प्रतिशत छुट दिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै कम्पनीले यस्तो जानकारी दिएका हुन् । सूचनामा भनिएको छ...
अर्थमन्त्री पौडेलको ‘वैकल्पिक वित्त रोडम्याप’: ठूला आयोजना निर्माणमा अब स्रोत अभावको बहाना छैन
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठूला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी सांसदहरुले राखेको प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैकल्पिक...
गृह मन्त्रालयका चार सहसचिवको सरुवा, अध्यागमन विभागमा नयाँ महानिर्देशक
काठमाडौं । गृह मन्त्रालयले चार जना सहसचिवको सरुवा गरेको छ। मन्त्रालयले मंगलबारको निर्णयअनुसार महत्वपूर्ण पदस्थानमा परिवर्तन गर्दै प्रवक्ता रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशकमा नियुक्त गरेको हो । यसअघि अध्यागमन विभागका महानिर्देशक रहेका गोविन्दप्रसाद रिजाललाई मन्त्रालयमा फिर्ता बोलाइएको...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नेकपा (एमाले) की राष्ट्रियसभा सदस्य भगवती न्यौपाने नियुक्त भएकी छन् । घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि न्यौपाने मन्त्री बनेकी हुन् ।
भक्तपुर मालपोतका प्रमुखसहित दुई कर्मचारी २४ लाख घुस लिँदै रंगेहात पक्राउ
काठमाडौँ । मोहीको नाममा जग्गा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग साढे २४ लाख रुपैयाँ घुस लिएको आरोपमा भक्तपुरस्थित मालपोत कार्यालयका प्रमुखसहित दुई कर्मचारी रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम...
निजी क्षेत्रले देश उज्यालो बनायो, अब सरकारले बाटो खोल्नुपर्छ: देउवा
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) नेपालको २३ औं वार्षिक साधारणसभामा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग ऊर्जा विकासका लागि निजी क्षेत्रलाई आवश्यक सहजीकरण गर्न आग्रह गरेका छन्। सरकारको साथ, निजी क्षेत्र चालक भन्ने नाराका...
भारतीय स्वाद, नेपाली उत्पादन: चौधरी ग्रुपसँगको साझेदारिमा रिलायन्सले ल्यायो क्याम्पा कोला
काठमाडौँ । भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डस्ट्रिजले चौधरी ग्रुपसँगको सहकार्यमा आफ्नो चर्चित कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा कोला’ नेपाली बजारमा ल्याएको छ। रिलायन्स इन्डस्ट्रिजअन्तर्गतको एफएमसिजी क्षेत्रको शाखा रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसिपिएल)ले उत्पादन गर्दै आएको क्याम्पा कोला अब नेपालमा...
काभ्रेको रिसोर्टमा करोडौंको अनलाइन सट्टेबाजी भण्डाफोर, पाँच जना पक्राउ
काठमाडौँ । काभ्रेको मण्डनदेउपुर नगरपालिका-७ कुन्तामा सञ्चालित दुई होटलमा लुकीछिपी अनलाइन सट्टेबाजी (जुवा) सञ्चालन भइरहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट खटिएको टोलीले छापा मार्दै पाँच जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूबाट १८ थान मोबाइल फोन, पाँच थान ल्यापटपसहित...
घुस ‘डिल’ अडिओ प्रकरणपछि मन्त्री गुप्ताको राजीनामा
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफू मुछिएको घुस ‘डिल’ अडिओ प्रकरणपछि पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि गुप्ता मंगलबार बिहान बालुवाटार पुगेका थिए र त्यहीँ राजीनामा बुझाएका हुन् । केही दिनअघि...
७७ हजारले पाउने हिम स्टार उर्जाको आइपीओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओमा यसै साता भित्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले कम्पनीको आइपीओ भोलि अर्थात् असार ३२ गते दिउँसो बाँडफाँटको तयारी गरेको हो । कम्पनीको आइपीओ हात पार्ने...
शशीला मोटर्सद्वारा बुटवलमा सबैभन्दा ठूलो ईभी चार्जिङ स्टेशन, एकैपटक १४ गाडी चार्ज गर्न सकिने
काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (ईभी) क्षेत्रलाई थप मजबुत बनाउने लक्ष्यसहित शशिला मोटर्स प्रा.लि. ले बुटवलको तिलोत्तमा–३, ड्राइभर टोलमा निर्माण गरेको चार्जिङ स्टेशन औपचारिक रूपमा सञ्चालनमा आएको छ । एकैपटक १४ वटा गाडी चार्ज गर्न सकिने क्षमता रहेको...
सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको हो। सरकारको सिफारिसमा राष्ट्रपतिबाट २०८१ पुस १४ गते जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१...
मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । निरन्तर बढीरहेको सुनको मूल्य आज भने स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन सोहि मूल्यमा खरिदबिक्री भएको...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेको लागि बोलाइएको छ । आजको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकोछ । भौतिक...
अत्याधुनिक फिचर र सेमी सोलिड ब्याट्रीसहित नयाँ अवतारमा आउँदै एमजी–४
काठमाडौं । चिनियाँ अटो निर्माता एसएआईसी मोटरले पूर्णरूपमा पुनः डिजाइन गरिएको एमजी–४ इलेक्ट्रिक ह्याचब्याक चीनमा सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले आगामी अगस्ट ५ तारिखदेखि नयाँ मोडेलको प्रि-अर्डर खुला गर्नेछ भने सेप्टेम्बर महिनामा आधिकारिक रूपमा बजारमा लन्च गर्ने योजना...



















