३६ करोडको भ्रष्टाचार मुद्धामा उपसचिवसहित १३ जनाले ५ महिनामा पाए सफाइ
काठमाडौँ । ३६ करोडको भ्रष्टाचार मुद्धामा उपसचिवसहित १३ जनाले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ १३ गते १३ जना प्रतिवादी बनाएर चलाएको मुद्धामा उनीहरुले सफाई पाखएका हुन् । उनीहरुले मुद्धा चलेको ५ महिनापछि सफाइ पाएका...
चाबहिलस्थित काठ गोदाममा आगलागी, लाखौँको क्षति
काठमाडौँ । काठमाडौँको चाबहिलमा रहेको एक इन्टेरियर गोदाममा आगलागी हुँदा लाखौँको क्षति भएको छ । आइतबार मध्यान्ह चाबहिलको सरस्वतीनगरस्थित इन्टेरियर गोदाममा आगो लागेको हो । आगलागीका कारण गोदाममा रहेको फर्निचर, सजावटका सामाग्री, विद्युतीय सामाग्री, प्लाई लगाएका सामाग्री जलेर नष्ट...
सगरमाथा जलविद्युतको शेयर मूल्य समायोजन, भोलिदेखि कारोबारमा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आइतबार सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य ५८४.२५ रुपैयाँ कायम गरिएको छ । यसअघि ६१२ रुपैयाँ...
कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, १३ जना घाइते
काठमाडौँ ।। कालीकोटमा जीप दुर्घटना भएको छ । जीप दुर्घटनामा परि ६ जनाको मृत्यु भएको हो भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो पलाँता गाउँपालिका ३ को राहुनेटा भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको...
छुटेनन् रवि, थप १३ दिन हिरासतमा बस्नुपर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा बस्ने भएका छन्। आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अनुसन्धानका लागि...
सडकपेटीमा सिमेन्ट बालुवा राखेको भन्दै महानगरले तिरायो निर्माण कम्पनीलाई जरिवाना
काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानको दुरुपयोगको आरोपमा निर्माण कम्पनीलाई जरिवाना गरेको छ। कोटेश्वरस्थित वडा नम्बर ३२ मा निर्माणाधीन सरस्वती युवा क्लबको कामका लागि सडक पेटीमा सिमेन्ट र बालुवा राखेको भन्दै महानगरले फाल्गुनन्द्र निर्माण सेवालाई १० हजार रुपैयाँ जरिवाना...
बन्द भएको केपी सिमेन्टले ५८ लाख क्षतिपूर्ति तिर्नुपर्ने, रिद्दिसिद्दि काण्ड के होला ?
काठमाडौँ । ‘नेपाली चुनढुंगा, नेपाली हात, केपी सिमेन्टले दिन्छ पुस्तौं साथ’ भन्ने नारालाई गिज्याएर गुणस्तरहीन सिमेन्ट बिक्री गर्ने केपी सिमेन्ट इन्डस्ट्रीज प्रालि अदालतको कारबाहीमा परेको छ । काठमाडौँ जिल्ला अदालतले केपी सिमेन्टलाई गुणस्तरहीन सिमेन्ट बिक्री गरेको ठहर गर्दै ५८...
सामाजिक सञ्जाल प्लेटफर्म नियमनमा चापः टिकटक र भाइबर करको दायरामा, फेसबुक र ट्वीटरमा किन अड्चन ?
काठमाडौँ । नेपालमा पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगमा ठूलो वृद्धि भएको छ, जसको परिणामस्वरूप विभिन्न चुनौती र अवसरहरूको सामना भइरहेको छ । सरकारले २०८० सालको सामाजिक सञ्जाल निर्देशिका जारी गरेसँगै यस क्षेत्रको नियमनमा नयाँ चरण प्रवेश गरेको छ ।...
मानव तस्करीमा जोडिएका कोशीका निवर्तमान आन्तरिक मामिलामन्त्री अधिकारी पक्राउ
काठमाडौँ । कोशी प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। मानव तस्करीको अभियोगमा उनलाई आफ्नै पार्टी नेकपा एमालेले पनि साधारण सदस्यसमेत नरहनेगरी निलम्बर गरेको थियो। नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा...
जनताको रगतसँग साटेर पाथीभरामा केबलकार बनाउन सरकारको जबरजस्ती, आन्दोलनकारीमाथि जघन्य अपराध
काठमाडौं । पाथीभरा दर्शनलाई सहज बनाउन भन्दै ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा बनाउन लागिएको २७ सय मिटर लामो केबलकार विवादमा परेको छ । किराँत मुन्धुमको पहिचान पाथीभरासँग जोडिएको भन्दै पहिचानवादीहरुले फुङ्लिङ-१० काफ्लेपाटीमा शुक्रबार शिलान्यास नै प्रभावित पारेका थिए । शिलान्यासका क्रममा...
तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली
काठमाडौँ । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन...
प्रधानमन्त्री ओलीको चीन भ्रमणको तारतम्य मिलाउन ईश्वर पोखरेलको नेतृत्वमा विशेष टोली चीन जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको यही मंसिर १७ गतेदेखि २० गतेसम्म चार दिने चीन भ्रमण सफल पार्न नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा विशेष टोली भोलि चीनतर्फ जाने लागेको एमाले स्रोतले जनाएको छ । टोलीले...
७२ प्रतिशतले बढ्यो तेह्रथुम पावरको नाफा, विद्युत बिक्री आम्दानी ८ करोडमाथि
काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ४ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको हो । उक्त नाफा गत आर्थिक वर्षको सोहि...
लेबनानमा शान्ति सैनिकनै असुरक्षित, नेपालीहरुको उद्धारका लागि भारतको सहयोग चाहिने
काठमाडौं । मध्यपूर्वमा भइरहेको भीषण लडाइँबीच त्यहाँ रहेका नेपाली शान्ति सैनिक र श्रमिकहरुले असुरक्षा अनुभव गरिरहेका छन् । लेबनानमा राष्ट्रसंघको अन्तिम बल (युनिफिल) मिसनमा तैनाथ नेपाली शान्ति सैनिक (नेपब्याट)टोली रहेको क्याम्प नजिकै समेत बमबारी हुन थालेको छ भने हिजबुल्लाहले...
२०५६ साल यता प्लस टु फेल भएकालाई मौका परीक्षाको अवसर
काठमाडौंँ । कक्षा ११ र १२ मा फेल भएर पढाइ पूरा गर्न नसकेका २०५६ सालयताका परीक्षार्थीले मौका परीक्षा दिन पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशन गर्दै २५ वर्षअघि ११ र १२ मा भर्ना भई फेल भएका परीक्षार्थीलाई...
बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि ५० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अर्थात् आइतबार ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि केन्द्रीय बैंकले ५० अर्ब तान्न लागेको हो । निक्षेप संकलन उपकरण बोलकबोलको माध्यमबाट उक्त रकम खिच्न लागिएको केन्द्रीय बैंकले...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...
ताप्लेजुङमा केवलकार बनाउन माफियासँग सरकारकै सेटिङ, प्रधानमन्त्री ओलीमाथि गम्भिर नैतिक प्रश्न ?
काठमाडौं । ताप्लेजुङमा विवादित केवलकार निर्माणको लागि सरकारले नै माफियासँग सेटिङ गरेपछि स्थानीय जनता दुई भागमा विभाजित हुन पुगेका छन् । जसको परिणाम आज दुई पक्षबीच झडप भई अप्रिय अवस्था सिर्जना हुन पुगेको छ । शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङ...
वार्षिक बिक्री पूर्वानुमान घटेपछि जापानको कार उत्पादक कम्पनी निसानले नौ हजार रोजगारी कटौती गर्ने
काठमाडौँ । जापानी कार उत्पादक कम्पनी निसानले ९ कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो वार्षिक बिक्री पूर्वानुमान घटेर गम्भीर अवस्थाको सामना गर्नुपर्ने भएकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न परेको बताएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत माकोतो...
सर्वोच्चको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेय अनुमोदित
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेय संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका छन् । समितिका जेष्ठ सदस्य पशुपतिशमशेर जबराको सभापतित्वमा शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयलाई अनुमोदन गरेको हो ।...




















