बीमा ऐनमा व्यवस्था भए बमोजिम काम कारबाहीको नियमित अनुगमन गर्न अध्यक्ष शिलवालको निर्देशन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई कम्पनीमा स्वीकृत नीति र बजेटको कार्यान्वयनको अवस्था, सम्भावित जोखिम र जोखिम सम्बोधन गर्ने क्षमता लगायत समग्र विषयमा जानकारी राख्न निर्देशन दिएका छन् । प्राधिकरणद्वारा...


रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउछौंः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन् । बिशिबार आयोजित श्रमाधान रोजगार मेलामा बोल्दै उनले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका हुन्...


सूचना प्रविधि क्षेत्रका लागि बजेट स्वागतयोग्य, कार्यान्वयन पक्ष बलियो हुन आवश्यकः क्यान महासंघ

काठमाडौँ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले मंगलवार सरकारले ल्याएको आर्थिक वर्ष २०८१।८२ को बजेट सूचना तथा सञ्चार प्रविधि क्षेत्रका लागि स्वागतयोग्य रहेको प्रतिक्रिया दिएको छ । बजेटमा पाँच रूपान्तरणकारी क्षेत्रमा सूचना प्रविधि विकासलाई समावेश गरिएको भन्दै यसले...


हिउँदमा १५ अर्बको विद्युत भारतबाट आयात गरेको प्राधिकरणले गर्यो निर्यात सुरु

काठमाडौँ । । वर्षायामसँगै खोला तथा नदीहरुमा पानीको बहाव क्रमिक रुपमा बढेर देशभित्रका जलविद्युत्गृहहरुबाट विद्युत् उत्पादन बृद्धि हुन थालेपछि भारतर्फ विद्युत् निर्यात सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ...


बजेटको प्रतिक्रियाबाट म सरप्रराइज छु, नीतिगत अस्थिरता कम गर्न सरकार सकारात्मकः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले बजेट सबैले बजेट सन्तुलित आएको भन्दा आफु सरपराइज भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक बर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्याक्रममा उनले यस्तो बताएका हुन्...


प्रतितोला २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य भने घट्यो

काठमाडौं । बिहीवार अर्थात आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज...


काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ । गत मङ्गलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो । आज यहाँको तापक्रम ३१देखि ३३ डिग्री सेल्सियसका बीच...


डोटीमा आगलागीबाट २ पसल जलेर पूर्ण रुपले नष्ट

काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं १ साझघाटस्थित २ वटा पसलमा आगलागी भएको छ । बिहीबार राति ११ः१५ बजेदेखि विद्युत् सर्ट भएर आगलागी भएको वडाध्यक्ष बलबहादुर खड्काले बताए । दिलबहादुर खड्काको दिलासा फेन्सी स्टोरबाट सुरु भएको आगलागी सँगै...


मौद्रिक नीति लचक नै छ, कर्जाको वृद्धिदर १२ प्रतिशत पुग्छ: डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटमा वित्तीय क्षेत्र सुधार गर्ने कार्यक्रम आउनु निकै महत्वपूर्ण भएको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा उनले...


बजेटले नेपाल आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यवस्थामात्रै परिवर्तन नभएर अब जनताको अवस्था परिवर्तनको प्रक्रिया पनि अगाडि बढिसेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकको चौतारामा चीन सरकारको सहयोगमा चौतारा अस्पतालको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...


मधेश प्रदेशकै पहिलो छिन्नमस्ता पालिकाले शिक्षकको तलब इएफटी मार्फत बैंक खातामा दिन सुरु

काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले मधेश प्रदेशकै पहिलो सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको तलब इएफटी मार्फत सौझै बैंक खातामा पठाउने काम सुरु गरेको छ । बुधबार पालिकाले सखडा विद्यालयका शिक्षक कर्मचारीको तलब पठाइसकेको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।...


लाखौं नक्कली नेपाली नोटसहित ४ जना बाराबाट पक्राउ

काठमाडौँ । बाराबाट प्रहरीले नक्कली नेपाली नोटसहित ४ जना पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा २५ वर्षीय राजन चौधरी, १९ वर्षीय आकाश चौधरी, १९ वर्षीय मोहन कुमार साह र ४० वर्षीय मोहमद आलम रहेका छन् । बाराको सिम्रौनगढ...


नेपाल डिजिटल गभर्नेन्स – साइबर सुरक्षा, साझेदारी, र डिजिटल भविष्य निर्माण

काठमाडौं । राष्ट्रिय आईसीटी दिवसको उपलक्ष्यमा सूचना सुरक्षा प्रतिक्रिया टोली नेपाल र सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसनले टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीमा डिजिटल गभर्नेन्स र साइबर सुरक्षा विषयमा महत्वपूर्ण कार्यशाला आयोजना गरेको छ । नेपाल नेभिगेट्स...


बजेट बनाउँदा बनाउँदै अर्थसचिव मेट्रेस ओछ्याएर मन्त्रालयमै सुते

काठमाडौँ । आर्थिक वर्ष २०८१।८२ को बजेट बनाउँदा बनाउँदै अर्थ सचिव मधुकुमार मरासिनी मेट्रेस ओछ्याएर मन्त्रालयमै सुतेको अनुभव अर्थमन्त्री वर्षमान पुनले पत्रकारहरुसँग सुनाएका छन् । बुधबार मन्त्रालयमा पत्रकारसँग बजेट निर्माणको अनुभव सुनाउँदै अर्थमन्त्री पुनले यस्ता बताएका हुन् । बजेट...


बजेट यथार्थपरक र संयमित आयो, तर कार्यान्वयन चुनौतीपुर्ण छः नेपाल चेम्बर

काठमाडौँ । सरकारले संघीय संसदमा मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपुर्र्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको १८ खर्व ६० अर्व ३० करोड...


सहकारीका बचतकर्ताको पैसा तत्काल फिर्ता हुन्छः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सहकारीका बचतकर्ताहरुलाई उनीहरुको रकम फिर्ता हुने प्रतिबद्धता व्यक्त गरेका छन् । अर्थ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले सहकारी क्षेत्रमा देखिएका सबैखाले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् उनले अहिले कोही पनि सहकारीका...


क्रिकेटर लामिछानेलाई अमेरिकाले भिषा दिनु पर्ने माग गर्दै हजारौं युवा सडकमा

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकाले भिषा दिनु पर्ने माग गर्दै हजारौं युवा सडकमा आएका छन् । सांसद ज्ञानेन्द्र शाहिसहितको टिम भिषाको माग गर्दै आन्दोलनमा आएको हुन् । आन्दोलित युवाले प्रधामन्त्री पुष्प कमल दाहाल प्रचण्ड र गृहमन्त्री रबि लामिछाने...


निजी क्षेत्रको मनोबल उच्च नबनाएसम्म आर्थिक समृद्धि हुँदैन भन्ने कुरा स्थापित भयोः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको मनोबल उच्च नबनाएसम्म आर्थिक समृद्धि हुँदैन भन्ने कुरा स्थापित भएको बताएका छन् । बुधबार काठमाडौँ आयोजना स्टार्टअप नीति २०८० को सम्वाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।...


ट्राफिक प्रहरीले कारबाहीमा परेकालाई स्वयंसेवक बनाएर सडकमा खटाए

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा स्वयंसेवकका रूपमा खटाइएको छ । मंगलबार मात्र गृहमन्त्री रवि लामिछानेले मादक पदार्थ सेवनलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा खटाइने बताएका थिए। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मापसेलगायत विभिन्न ट्राफिक नियम उल्लंघन...


स्पन्ज आइरनमा गम्भिर छलफल गरेरै कर हेरफेर गरिएको होः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट घोषणा भएपछि विवादमा आएको स्पन्ज आइरनको करको दर परिवर्तन अर्थमन्त्रालयमा गम्भिर छलफल पश्चात कसैको अनुहार नहेरी संशोधन गरिएको प्रष्टिकरण दिएका छन् । फलामे छड उत्पादक संघले चर्को विरोधका बीचमा अर्थमन्त्री पुनले भने, ‘विगतमा...