तीन तोला सुन लगाएर स्वदेश फर्केका पूर्वनेपाली नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको होल्ड ब्यागेज चेकजाँच गर्ने क्रममा सुन, चाँदी तथा मोतीको जस्तो देखिने गरगहनाहरू सहित दुई जना पूर्वनेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा हाल अमेरिकी नागरिक भइसकेका ३२ वर्षीय सुनिल शंकर र...


नेपालबाट बंगलादेशले थप २० मेगावाट विद्युत् आयात गर्ने सहमति

काठमाडौं । नेपालबाट बंगलादेशले थप २० मेगावाट विद्युत् आयात गर्ने सहमति जनाएको छ। हाल बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्दै आएको थियो भने आगामी वर्षदेखि कुल ६० मेगावाट विद्युत् लिन नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकपछि...


कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ ।  पाटन उच्च अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई भेप सुन तस्करी प्रकरणमा २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलाशले पुर्पक्षका लागि थुनामा राखिएका महरालाई उक्त धरौटीमा छाड्न...


कमला नगरपालिकाको भ्रष्टाचार काण्ड : पूर्व नगरप्रमुखसहित १० जनामाथि मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको कमला नगरपालिकामा भएको अनियमिततामा संलग्न ठहरिएका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगले एक निर्माण कम्पनी ‘इन्फ्रास्ट्रक्चर एस एण्ड बी बिल्डर्स प्रालि’ र...


राष्ट्रपतिबाट सेना परिचालनको अनुमति

काठमाडौँ । आगामी २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनका क्रममा सुरक्षा व्यवस्थालाई मजबुत बनाउने उद्देश्यले नेपाली सेनालाई परिचालन गर्न औपचारिक स्वीकृति प्राप्त भएको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्ने प्रस्ताव अनुमोदन गरेका हुन् । यसअघि ४...


सामाजिक सुरक्षा कोषले १ खर्ब २६ अर्ब लगानी परिचालनः २० हजार योगदानकर्तालाई सापटीमार्फत राहत

काठमाडौं । सामाजिक सुरक्षा कोषले हालसम्म १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ। कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार योगदानकर्ताबाट संकलन भएको ९५ अर्ब रुपैयाँसहित कोषको जम्मा १२६ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा विनियोजन गरिएको छ। आठौँ सामाजिक सुरक्षा...


सप्तकोशी सिमेन्टले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, बिक्रि प्रवन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । सप्तकोशी सिमेन्ट लिमिटेडले सार्वजनिक प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। आईपीओ निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा चुक्ता पुँजीको २० प्रतिशत...


११ लाख ४९ हजार भारुमा टाटा सिएरा, आकर्षक डिजाइनसहित यस्ता छन् विशेषता

काठमाडौँ । टाटा मोटर्सले भारतीय बजारमा बहुप्रतिक्षित सिएरा एसयूभी सार्वजनिक गरेको छ । यसको सुरुवाती मूल्य ११ लाख ४९ हजार भारु राखिएको छ भने बुकिङ डिसेम्बर १६ बाट खुल्ने र डेलिभरी जनवरी १५, २०२६ बाट सुरु हुने जनाइएको छ...


भारतीय बजारमा जम्दै नेपाली सिमेन्टको ब्रान्ड, चार महिनामा झण्डै १ अर्बको निर्यात

काठमाडौँ । चार महिनामा झण्डै १ अर्ब रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/०८२ को कात्तिकसम्ममा ९८ करोड ७ लाख रुपैयाँ बराबरको ५ लाख ६५ हजार ८५४ टन सिमेन्ट निर्यात गरेको...


डिशहोम गो मार्फत् एनपीएल विश्वभर प्रत्यक्ष प्रसारण

काठमाडौं । डिशहोम गो ले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्रत्यक्ष प्रसारण विश्वभर (भारत बाहेक) उपलब्ध गराउँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। जनकपुर बोल्ट्स र काठमाडौं गोर्खा बीचको उद्घाटन खेल दुई लाखभन्दा बढी दर्शकले हेरेका छन्। उद्घाटन खेलमा...


गोल्छाको हिम इलेक्ट्रोनिक्सः वर्षदिनमा ८ अर्ब ७६ करोडको व्यापार, सामसुङ र हिमस्टार ब्रान्डको प्रभुत्व

काठमाडौं । सामसुङ ब्रान्डका इलेक्ट्रोनिक्स उपकरणहरुको वितरक गोल्छा समूहको हिम इलेक्ट्रोनिक्सले वर्षदिनमा झण्डै ९ अर्बको व्यापार गर्ने सफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको ७५ प्रतिशत स्वामित्व रहेको कम्पनीले सन् २०२४/२५ मा ८ अर्ब...


चिनियाँ सरकारद्वारा अन्तरिक्षलाई खुला बजार बनाउने योजना सार्वजनिक

काठमाडौं । चीनले आगामी दुई वर्षमा आफ्नो अन्तरिक्ष क्षेत्रलाई निजी कम्पनी र विदेशी साझेदारका लागि अझ खुला बनाउने उद्देश्यसहित नयाँ योजना सार्वजनिक गरेको छ। राष्ट्रिय अन्तरिक्ष प्रशासनले प्रस्तुत गरेको यो कार्ययोजनाले निजी कम्पनीलाई अन्तरिक्ष क्षेत्रमा सहज प्रवेश दिलाउने र...


आज सुदूरपश्चिमसँग लुम्बिनी भिड्दै, जनकपुर र पोखरा पहिलो जितको खोजीमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज दुई वटा खेल हुँदैछ। आज पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सको सामना गर्दैछ भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन्। खेल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट...


त्रिबिमै फेक पिएचडी देखाएर नियुक्ती लिएका ४ जना प्राध्यापक विरुद्ध भ्रटाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना प्राध्यापक र एक सह–परीक्षा नियन्त्रक गरी चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरको सहण्परीक्षा नियन्त्रक पदको छनोट तथा नियुक्ति प्रक्रियामा अनियमितता र...


सहकारीहरुलाई कर्जा सूचना केन्द्रको सदस्यता लिन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सञ्चालित सहकारी संस्थाहरुलाई कर्जा सूचना केन्द्रको सदस्यता लिन आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै बचत तथा ऋणको मूख्य कारोबार गर्ने सहकारीहरुलाई सूचना प्रवाह गर्ने उद्देश्यले सदस्यता लिन आग्रह गरेको हो...


प्रधानमन्त्री कार्कीविरुद्ध मोर्चाबन्दी गर्ने तयारीमा मुस्लिम समुदाय, नागरिक सरकारमाथि षड्यन्त्र हुँदै

काठमाडौं । मुस्लिम महिलामाथि सामाजिक रूपमा भइरहेको अन्याय र रुढीवादी परम्पराको विरोध गरेको भन्दै नेपालमा मुस्लिम समुदायहरूले उल्टै प्रधानमन्त्री सुशिला कार्कीका विरुद्धमा मोर्चाबन्दी गर्ने तयारी गरिरहेका छन्। नागरिक सरकारका विरुद्धमा षडयन्त्र गर्न सामान्य विषयमा मुस्लिम समुदायहरूले आन्दोलन गर्ने सम्बन्धमा...


स्याकार ट्रेडिङ्गद्वारा नेपाली बजारमा ‘होन्डा अल न्यु सीआर–भी’ सार्वजनिक

काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा. लि. ले आफ्ना ग्राहकहरूको बढ्दो चाहना र मागलाई मध्यनजर गर्दै नेपाली बजारमा ‘होन्डा अल न्यु सीआर–भी’ को बिक्री वितरण औपचारिक रूपमा शुरु गरेको छ। कम्पनीका अनुसार यो...


जुम्लामा ७२ मेगावाटको जलविद्युत् आयोजनाको अन्तराष्ट्रिय विज्ञ टोलीद्वारा सर्भे सुरु

काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडिदह जलाधारबाट विद्युत् उत्पादनका लागि विस्तृत सम्भाव्यता अध्ययन (सर्भे) गर्न अन्तर्राष्ट्रिय विज्ञ टोली हेलिकप्टरमार्फत जुम्ला पुगेको छ । जर्मन र भारतीय जलविद्युत् विशेषज्ञसहितको टोलीले गिडिदहको पानीको उद्गम स्थानदेखि प्रस्तावित पावरहाउस स्थलबारे हवाई तथा...


एनपीएलमा आज विराटनगर र चितवन आमनेसामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आजको खेलमा विराटनगर किंग्स र चितवन राइजोन आमनेसामने हुँदैछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्ह ४ बजेदेखि शुरू हुनेछ। विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन् भने यो टोलीले दोस्रो संस्करणको...


उजुरीपछि ग्यास उद्योगमा वाणिज्य विभागको छापा

काठमाडौँ । कम तौलको खाना पकाउने ग्यास बिक्री भएको उजुरीपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र काभ्रेका ग्यास उद्योगमा छापा मारेको छ। विभागले मंगलबार गराएको अनुगमनमा सातवटा ग्यास उद्योगलाई छानबिन गरेको जनाएको छ। उजुरी र गुनासोका आधारमा...