प्रधानमन्त्रीले जथाभावी गरे सदन र सडक तताउँछुः हर्क साम्पाङ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले जथाभावी गरेमा सदन र सडक दुबै तताउने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबूकमा आइतबार बिहान भावी प्रधानमन्त्री बालेन शाहलाई लक्षित एक पोष्ट गर्दै...


इजरायलद्वारा नेपाली शान्ति सैनिकको हेडक्वार्टरमा आक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टर नजिक इजरायलद्वारा हवाई आक्रमण भएको छ। उक्त घटना संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस लेबनान भ्रमणमा रहेका समयमै भएको हो। शुक्रबार साँझ दक्षिण लेबनानको मैस अल–जाबाल क्षेत्रमा...


अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल भोवेल काठमाडौंमा, नेपाली सेनाका उच्च अधिकारीसँग भेटवार्ता हुने

काठमाडौं । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल तीन दिने भ्रमणका लागि नेपाल आइपुगेका छन्। नेपाली सेना र नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरूले केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गरेका हुन्। भुटान हुँदै ‘ड्रुक एयर’को विमानबाट भ्रमण टोलीसहित...


सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?

काठमाडौँ । सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा आज सुन तोलामा चार हजार ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...


गोरखामा माइक्रो दुर्घटना, सात जना भारतीयको मृत्यु

काठमाडौं । गोरखाको मनकामना दर्शन गरेको फर्किएको ईभी माइक्रो दुर्घटना हुँदा त्यसमा सवार सात जना भारतीय नागरिकको ज्यान गएको छ। शनिबार गोरखाको मनकामना दर्शन गरेको फर्किरहेको उक्त ईभी गोरखाकै शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भई सडकबाट करीब २०० मिटर तल...


दार्चुलामा निर्वाचन ड्युटी सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु

काठमाडौँ ।  निर्वाचन ड्युटी सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामी भीरबाट लडेर गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको प्रहरीले...


पेट्रोलमा इथानोल मिश्रणको नीति लागू, १० प्रतिशतसम्म मिसाएर बिक्री गर्न पाइने

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको आयात घटाउने र वैकल्पिक ऊर्जा प्रयोग बढाउने उद्देश्यसहित पेट्रोलमा इथानोल मिसाएर प्रयोग गर्ने व्यवस्था लागू गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२’ जारी गर्दै पेट्रोलमा अधिकतम...


इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय

काठमाडौँ । इरानी नागरिकहरूलाई नेपाल आउँदा विमानस्थलमै दिइँदै आएको आगमन प्रवेशाज्ञा (अनअराइभल भिसा) सेवा रोक्ने निर्णय सरकारले गरेको छ । गृह मन्त्रालयको निर्णयअनुसार अब इरानी नागरिकले नेपाल आउनुअघि विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाट भिसा लिएर मात्र नेपाल प्रवेश...


ग्यासको कृत्रिम अभाव गर्नेलाई कारबाही गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन आवश्यक सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक रूपमा भण्डारण गर्ने तथा अत्यावश्यक वस्तुको आपूर्तिमा अवरोध पुर्‍याउने गतिविधि रोक्न...


वायु प्रदूषणको भयावह असर : नेपालमा बर्सेनि ४२ हजारको मृत्यु

काठमाडौं । वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार तीमध्ये करिब २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिकामा हुने गरेको छ। उनका अनुसार वायु प्रदूषणका...


नाफिज सदस्यहरुलाई युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट

काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरुलाई युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट पाउने भएका छन् । बिहीबार नाफिज र अस्पताल बीच छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नाफिज अध्यक्ष मेनुका कार्की र अस्पतालका...


रवि र प्रचण्डबीच फोन वार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ बीच फोन वार्ता भएको छ। रवि र प्रचण्ड दुवैले निर्वाचनमा विजयी भइसकेपछि फोनमा वार्ता भएको र दुवैले एकअर्कालाई बधाई दिएको...


इनिशा विकलाई न्याय माग्दै सडकमा उत्रिए विद्यार्थीहरू

काठमाडौं  । इनिशा विक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा कारवाहीको माग गर्दै विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले बागबजारदेखि माइतिघरसम्म विरोध प्रदर्शन गर्दै न्यायका लागि आवाज उठाएका हुन्। प्रदर्शनमा विद्यार्थीहरूले ‘इनिशा विकलाई न्याय...


विधान संशोधन गर्दै बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सहज बनाउन आफ्नो पार्टीको विधान संशोधन गर्ने तयारी गरेको छ। हालको व्यवस्थाअनुसार संसदीय दलको नेता चयन गर्न पार्टीका सम्पूर्ण साधारण सदस्यले मतदान गर्ने प्रावधान रहेकाले त्यसलाई...


खाडी संकटले तेल बजारमा हलचल, स्थिरता ल्याउन अमेरिकाद्वारा रुसी तेलमाथिको प्रतिबन्ध खुकुलो

काठमाडौँ ।  इरानसँगको अमेरिका–इजरायल युद्धका कारण विश्व ऊर्जा बजारमा देखिएको अस्थिरतालाई कम गर्न अमेरिकाले विशेष अस्थायी निर्णय गरेको छ। युद्धका कारण उत्पन्न आर्थिक प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले अमेरिकाले समुद्रमा रहेका जहाजहरूमा पहिले नै लोड गरिएका प्रतिबन्धित रुसी तेल तथा...


वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं । आकर्षक तलब सहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ बस्दै आएकी चितवन भरतपुर महानगरपालिका–१५ घर भएकी ४९ वर्षीया कमला देवी सुनुवार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४...


स्थानीयको अवरोधले बञ्चरेडाँडामा फोहर फाल्न रोक, काठमाडौंका फोहर बोकेका गाडी फिर्ता

काठमाडौं । उपत्यकाको फोहर विसर्जन स्थल नुवाकोटको बञ्चरेडाँडामा स्थानीयको अवरोधका कारण फोहर व्यवस्थापन पुनः प्रभावित भएको छ। स्थानीय बासिन्दाले विगतमा काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहर फाल्न नदिएपछि उपत्यकाबाट लगिएको फोहर बोकेका गाडी...


सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा २०...


नयाँ प्रणालीमा जाँदै राहदानी विभाग, सेवा एकदेखि तीन सातासम्म अवरुद्ध हुन सक्ने

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनका कारण राहदानी वितरण सेवा अस्थायी रूपमा अवरुद्ध हुन सक्ने जनाएको छ। विभागका अनुसार प्रणाली परिवर्तनका क्रममा एकदेखि तीन सातासम्म सेवा प्रभावित हुन सक्नेछ। विभागले जारी गरेको सूचनाअनुसार अन्तरिम अवधिमा...


अमेरिकाभित्रै सरप्राइज आक्रमण गर्ने तयारीमा इरान, भयानक बन्दै मध्यपूर्व

काठमाडौं । इरानले अमेरिकी भूमिमै पुगेर प्रत्याक्रमणको जवाफ दिने तयारी गरिरहेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । इरानमाथि अकारण सैनिक हमला गरेको अमेरिकाले यस पटक इरान युद्ध निकै महंगो सावित हुँदैछ । मध्यपूर्वबाट अमेरिका भाग्ने अवस्था एकातिर सिर्जना हुँदैछ...