एनएलजी इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो दिन नेप्से ओरालो लागेको छ। एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सिईडिबी हाईड्रोपावर, अपी पावर, हिमालयन रि, शिवम सिमेन्टस, नेपाल फाइनान्स, डाङ्गी गुप, अपर तामाकोशी,रुरु जलविधुत् र एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
एलआइसी नेपालको ८८.४५ प्रतिशत हकप्रद निष्काशन गर्ने, बोर्डले दियो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एलआइसी नेपालको ८८.४५ प्रतिशत अर्थात १ः०.८८४५ रेसियोको हकप्रद स्वीकृत गरेको छ । गत शुक्रबार अबेर नेपाल धितोपत्र बोर्डले सो सम्बन्धी स्वीकृति प्रदान गरिएको जनाइएको छ । गत शुक्रबार सो सम्बन्धी निर्णय भएको हो ।...
रुरु जलविद्युतद्वारा लाभांश घोषणा, ८० प्रतिशत हकप्रद पनि जारी गर्ने
काठमाडौँ । रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८...
स्वावलम्बन लघुवित्तद्वारा लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ?
काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस र...
एनएलजी इन्स्योरेन्सको १००ः६२.५ रेसियोको हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनएलजी इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको १००ः६२.५ रेसियोको हकप्रद स्वीकृत गरेको छ । गत शुक्रबार अबेर नेपाल धितोपत्र बोर्डले सो सम्बन्धी स्वीकृति प्रदान गरिएको जनाइएको छ । गत शुक्रबार सो सम्बन्धी निर्णय भएको हो...
कालिका लघुवित्तको शेयर सर्वसाधारणले किन्न पाउने, कहाँ दिने आवेदन ?
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले तीन जना संस्थापक सेयरधनीहरुको नाममा रहेको २१ हजार ५०० कित्ता संस्थापक बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद...
प्रभु क्यापिटलका दुई म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज असोज १३ गते आइतबार अन्तिम दिन रहेको छ । यसदिन प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । फन्डहरुले...
अरुण काबेली पावरले हकप्रद शेयर निष्काशन गर्ने, पारितका लागि बोलायो साधारण सभा
काठमाडौँ । अरुण काबेली पावर लिमिटेडले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा कात्तिक ४ गते आइतबार बिहान ११ बजे होटल क्रिष्टल पशुपती गौशाला काठमाडौँमा बस्ने गरी आव्हान गरेको हो । सभामा कम्पनीले...
लाभांश वितरण कानुनसम्मत भएको अपि पावरको दाबी
काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले आफ्नो शेयरधनीहरुलाई ९ प्रतिशत वोनश शेयर र ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णयलाई कानुनसम्मत रहेको दाबी गरेको छ। कम्पनीको संचालक समितिको असोज १० गते बैठकले उक्त निर्णयको स्वीकृति प्रदान गरिएको हो। कम्पनीले...
सूर्योदय वोमी लघुवित्तले वितरण गरेको बोनसमा कर तिर्नुपर्ने
काठमाडौं। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरूलाई वितरण गरेको बोनस शेयरमा लाग्ने कर शेयरधनीले नै तिर्नुपर्ने जानकारी गराएको छ। लघुवित्तले २०७९।८० आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो, जसमा लाग्ने कर सम्बन्धी जानकारी सार्वजनिक गरेको...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर बिक्रीमा
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक शेयरधनीहरुको आफ्नो नाममा रहेको शेयरर बिक्रीमा ल्याएको हो । बैंकले बिक्री ल्याएको शेयर कित्ता र न्यनतम मूल्य भने खुलाएको छैन । शेयर खरिदका लागि...
एशियन लाइफ इन्स्योरेन्सको ५ लाख १४ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले ५ लाख १४ हजार ४६५ कित्ता शेयर बिक्रीमा राखेको छ। उक्त शेयर खरिद गर्ने चाहने...
आजदेखि प्रतिकित्ता १०० रुपैयाँमा नै आँखुखोला जलविद्युतको शेयर किन्न सकिने
काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनीले आज अर्थात् असोज ११ गतेदेखि अवितरित हकप्रद शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १७ लाख ५० हजार २४८ कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले गत साउन २७ गतेदेखि साउन भदौ १६...
नेप्सेमा एक विकास बैंकको करिब २ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार बिहीबार ग्रीन डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको हो । बैंकको ३.८० प्रतिशतले हुन आउने कुल १ लाख ९७ हजार २२० कित्ता शेयर...
दुई कम्पनीको शेयर मूल्य समायोजन
काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साहस उर्जा र सानिमा रिलायन्स लाइफ इस्योरेन्सको शेयर समायोजन भएको हो । साहस उर्जाको ८ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि...
पुँजीबजारको सुधारमा ठूला लगानीकर्ताको अनुकूल प्रयासले प्रभाव पर्यो: अध्यक्ष पोखरेल
काठमाडौं। पुँजीबजारमा हाल देखिएको अस्थिरता र सुधारको कमीका लागि पुँजीबजारका ठूला र अनुभवी लगानीकर्ताको भूमिका जिम्मेवार भएको ठहर पुँजीबजारका सरोकारवालाले गरेका छन्। पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले ठूला र पुराना लगानीकर्ताहरूले बजारलाई आफू अनुकूल चलाउने प्रयास गर्दा पुँजीबजारले...
बजार घट्दा समेत यी १० कम्पनीमा लगानीकर्ता मालामाल
काठमाडौँ । शेयर बजार निरन्तर ओरालो लागि रहेको छ । बजार निरन्तर घट्दा समेत केहि कम्पनीहरुको शेयर मूल्यमा भने सुुधार देखिएको हो । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ३२.८१ अकंले घटेर २४८६.७६ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको...
लाभांशमा अकुंश लगेको अपीको शेयर बिक्रीमा झुम्मिए लगानीकर्ता, कुन कम्पनीको कति कारोबार ?
काठमाडौँ । आर्थिक वर्ष ०८०।८१ को लेखापरीक्षणबाट अनरियलाइज्ड गेनलाई खुद मुनाफामा देखाइ लाभांश वितरण अपी पावरको शेयर बिक्री गर्ने तिर लगानीकर्ता झुम्मिएका छन् । विद्युत नियमन आयोगले कम्पनीको लाभांशमा अंकुश लगाएसँगै अपी पावरका लगानीकर्ता आत्तिएका हुन् । कम्पनीको आज...
बजारमा राताम्यले पायो निरन्तरताः लगानीकर्ताको मनोबल कमजोर, अर्बौंको क्षति
काठमाडौँ । नेपाल पुँजी बजारमा पछिल्लो समय निरन्तर ओरालो यात्रा जारी छ । बैंकको ब्याजदर घट्दै गएको, अर्थतन्त्रमा सुधारका संकेत देखिएको र बजारका लागि आवश्यकसूचकहरू सकारात्मक देखिँदा पनि शेयर बजारले अपेक्षित रूपमा सुधार गर्न सकेको छैन । लगानीकर्ताको मनोबल...
साउनमा शेयरमा उल्लेखनीय सुधार, के छ राष्ट्र बैंकको तथ्याङ्गमा ?
काठमाडौं । २०८१ साउन मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३०००।८१ बिन्दुमा पुगेको छ, जुन २०८० साउनमा २०३३.१४ बिन्दुमा रहेको थियो। यो उल्लेखनीय वृद्धिले नेपाली पुँजी बजारको आकर्षण र लगानीकर्ताको बढ्दो विश्वासलाई संकेत गरेको छ। त्यस्तै, धितोपत्र बजारको पुँजीकरण...


















