साढे १२ खर्ब शेयर कारोबारः हाइड्रो र फाइनान्स अग्र, बैंक सुस्त हुँदा बीमा सेक्टरको अवस्था कस्तो?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ७ महिना (साउनदेखि माघ) सम्ममा साढे १२ खर्बको शेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा १२ खर्ब ६७ अर्ब ७६ करोड ४५ लाख...
कामना सेवा विकास बैंकको १ लाख ११ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १ लाख ११ हजार ४५३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल यी शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर किन्न इच्छुक विद्यमान संस्थापक...
आइजीआई प्रुडेन्सियलको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले फागुन २० गतेदेखि लिलाम मार्फत् बिक्री खुला गरेको ८० हजार कित्ता संस्थापक शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २११ रुपैयाँ तोकेको छ। शेयर...
लाभांश र संशोधित हकप्रद प्रस्तावसहित सानिमा जिआईसीले बोलायो साधारणसभा
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले आगामी चैत २१ गते बिहीबार सातौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभाले हाल कायम चुक्ता...
सिटिजन लाइफ र नेष्डो लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। यी दुबै कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि फागुन २८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरूले...
हिमालयन एभरेष्टको साधारणसभा आज बस्दै, लाभांश पारित गरिने
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा आज बस्दैछ। सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजे शुरू हुनेछ। सभामा सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८ दशमलव ७५ प्रतिशत नगद लाभांश (कर समेत)...
सांग्रिला विकास बैंकको १ लाख ३९ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १ लाख ३९ हजार ९८४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर किन्न इच्छुक शेयरधनीले आगामी ३५ दिन...
लाभांश प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले बोलायो साधारणसभा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी चैत १९ गते मंगलबार ७६ औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभामा...
ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ आजदेखि
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले दोस्रो चरणको आईपीओ आजदेखि सर्वसाधारणमा निष्कासन गरेको छ। कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न नेपाल...
साढे ७ अर्ब रुपैयाँको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साढे सात अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । केन्द्रिय बैंकको तथ्याङ्कअनुसार चालु आवको सात महिनासम्ममा सात अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, राष्ट्र...
जबसम्म पुँजी बजार चलायमान हुँदैन तबसम्म श्रम शक्तिलाई व्यवस्थित गर्न सकिँदैन: मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पुँजी बजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित हुन नसक्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘जबसम्म नेपालको पुँजी...
नेप्सेले विद्यार्थीहरूका लागि भिजिट नेप्से कार्यक्रम आयोजना गर्ने
काठमाडौँ । नेप्सेले ग्लोबल मनी वीक२०२५ मनाउनको लागि विद्यालयस्तरका विद्यार्थिहरुका लागि भिजिट नेप्से कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी १७-२३ मार्च २०२५ (चैत्र ४-१०, २०८१) सम्म विविध कार्यक्रमहरुका आयोजना गरिने यस अवसरमा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले भिजिट नेप्से कार्यक्रममा...
सोमबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजार राताम्य भएपनि आज केहि कम्पनीका लगानीकर्ताहरुले भने मनग्य कमाएका छन् । आज नेष्डो समृद्धि लघुवित्तको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रतिकित्ता दुई हजार ४३६ रुपैयाँ पुगेको छ। यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६८ अकंले घटेर २७५१.४२...
पुँजी बजारमा राताम्यः कारोबार र परिसूचकमा भारी गिरावट, किन लयमा फर्किन सकेन मार्केट ?
काठमाडौँ । लगातार छैटौं दिनसम्म पुँजी बजार ओरालो लागेको छ, जसले लगानीकर्तामा निराशा फैलाएको छ । बजारको गिरावटसँगै नयाँ र सर्वसाधारण लगानीकर्तामा प्यानिक फैलिएको र धेरैले आत्तिएर सेयर बिक्री गरेका छन्। यसका कारण नेप्से सूचक झनै फराकिलो अंकले घट्न...
हिमालयन र नेपाल रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौँ । पुँजी बजारमा ओरालो यात्राले निरन्तरता पाएको छ । बजार निरन्तर छैटौं दिन समेत घट्दा लगानीकर्ताको मनोबल कमजोर बनेको छ । बजार घटेपनि आज हिमालयन रि र नेपाल रिइन्स्योरेन्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज यी दुई कम्पनीको...
शेयर धितो कर्जामा नबिल र ग्लोबलको टक्करः एसबीआई-माछापुच्छ्रे र कुमारी आक्रामक, कुनको कति?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो ७ महिना (साउनदेखि माघसम्म) मा वाणिज्य बैंकहरूबाट ९३ अर्ब १२ करोड ४९ लाख रुपैयाँ मार्जिन प्रकृति अर्थात शेयर धितो कर्जामा...
ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ भोलिदेखि
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले दोस्रो चरणको आईपीओ भोलि (फागुन २७) देखि सर्वसाधारणमा निष्कासन गर्दैछ। कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन...
संशोधित हकप्रद प्रस्ताव सहित युनाईटेड मोदीले बोलायो साधारणसभा
काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले आगामी चैत २७ गते एघारौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले कालीमाटी बैङ्क्वेट हलमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभाले यसअघि १ः१ को अनुपातमा...
प्रतिकित्ता ११६ रुपैयाँमा सिटिजन्स बैंकको शेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १ हजार ११० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११६ रुपैयाँ तोकिएको छ।...
महुली लघुवित्तको शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार १ सय कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले ८ हजार कित्ता शेयर सर्वसाधारणले र २ हजार १०० कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।...



















