नेशनल लाईफ बीरगन्जद्वारा अभिकर्ता सम्मानित

१६ फाल्गुन २०७७, आईतवार १३:२९

बीरगन्ज । नेशनल लाइफ इन्स्योरेन्स बिरगंज शाखाले जिल्लाका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मानसहित तालिम प्रदान गरेको छ ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको बीरगन्ज शाखाका शाखा प्रमुख प्रकाश सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्लाका उत्कृष्ट १० जना अभिकर्ताहरुलाई पुरस्कारसहित सम्मान गर्दै तालिम प्रदान गरिएको हो ।

सो जीवन बीमा कम्पनीमा आबद्ध भई कार्यरत अभिकर्ताहरुलाइ हौसला बढाउन यो कार्यक्रमको योजना गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उत्कृष्ट १० अभिकर्ताहरुलाई यस शाखाका प्रमुख सिंहले दोसल्ला, ब्याग, सुट दिएर टपटेनमा पर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको सो शाखाले जनाएको छ ।

कार्यक्रममा अभिकर्ताहरुलाई जीवन बीमा सम्बन्धि र पोलेसी बिक्रि गर्ने तरिका सम्बन्धि तालिम दिइएको कम्पनीले जनाएको छ । बीरगन्ज शाखाका कार्यालयका सहायक बिर बहादुर ऐडी र सलिना श्रेष्ठको उपस्तिथी रहेको थियो ।

कम्पनीले संजय साह, राजेश प्रसाद यादव, सुरज साह सोनार, रामजी मुखिया, अनुप अग्रवाल, सुखी साह, सनी मुखियालगायतका व्यक्तिहरु सम्मानित भएका छन् भने सो शाखाकै कर्मचारी विशाखा देवी कार्यालयमा अनुसासित भइ कार्य गरेकोमा सम्मानित गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*