१२ थरी मःमः एकैठाउँमा, डिल्लीबजारमा खुल्यो नयाँ मःमः पसल

२२ बैशाख २०७८, बुधबार १७:२८

काठमाडौँ । काठमाडौँको डिल्लीबजारमा २५ वर्षका दुई युवाले ३० लाख रुपैयाँको लगानीमा १२ थरी मःमः रेरष्टुरेन्ट संचालनमा ल्याएका छन् ।

पोखराको लेकसाइडमा क्राउन हिमालय होटल संचालन गर्दै आइरहेका आग्रह अर्याल र लक्ष्मी समुहको जागिर छाडेका सुनिम मैनालीले खोलेको यो रेष्टटुरेन्टमा १२ थरीका मःम मात्र १५० रुपैयाँ प्लेट पाइने छ । स्कुले साथी रहेका अर्याल र मैनालि १२ वर्ष देखी सम्पर्कमा रहेको पहिलेदेखि आफ्नै व्यवसाय सुरु गर्ने योजना अनुरुप उक्त रेरष्टुरेन्ट खोलेको अहिले खाजाको रुपमा मःम नै पहिलो प्राथमीकतामा रहेकोले सो कुरालाई आधार बनाई १२ थरीका मःमः को स्वाद ल्याउने प्रयास गरेको अर्यालले बताए ।

उनिहरुले मुलुकका विभिन्न शहरमा सञ्चालित प्रख्यात रेष्टुरेण्टमा मःमः को स्वाद लिएको सोहि अनुभव बाट यो रेष्टुरेण्ट खालेका हुन । डिल्लीबजारमा पाँच सय स्कायर फिट क्षेत्रफलको आउटलेट रहेको र जसमा एकपटकमै २६ जना ग्राहकले सहजै सेवा लिन सक्ने आउटलेटमार्फत टेक अवे र होम डेलिभरी सेवा लिन सक्ने संचालक मैलानिले बताए । उनका अनुसार अनलाइन डेलिभरीका लागि फूडमाण्डूलाई आवद्ध गरिएको छ ।

अहिले रेष्टुरेन्टको सुरुवाती चरणमा १५० रुपैयाँमै ग्राहकले विभिन्न प्रकारको मःमःको स्वाद लिन सक्ने र ग्राहकले अनलाइन अर्डर र डिजिटल पेमेन्ट गर्नेको लागी क्युआर कोड प्रणलीको पनि सुविधा रहेको छ ।

रेष्टुरेन्टमा कोदो, फापर, ग्रीन, चिज लगायत विभिन्न थरीका मःम पाइनेछ अहिले बजारमा फापर र कोदौलाई स्वास्थ्यवर्थक मानिँदे आइएको छ । सुरुवाती चरणमा सबै प्रकारका मःमः प्रतिप्लेट १५०श रुपैयाँमा बिक्री गर्न र सञ्चालनको केहि समयपछि मेनु सार्वजनिक गर्न मैनालीले बताए ।

मःमःमा तिन प्रकारका अचार, चटनी राखीने र झोल मःमः मा भने गुन्द्रक र तामाको झोलसहितको भिन्न स्वाद लिन सक्नेछन् । रेष्टुरेन्टमा मःम सँगै सफ्ट ड्रिंक्स, फ्रेञ्च फ्राइ, चिकेन विङ्स लगायतका परिकार राखीएको र पहिलो बन्च सञ्चालनमा आएसँगै तत्काल थप एउटा आउटलेट विस्तार गर्ने योजना रहेको संचालक अर्यालले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*