महामारीकै बीचमा सानिमा लाइफ इन्स्योरेन्सले गर्यो प्रगति, जीवन बीमा कोष १४८% ले बृद्धि

२७ बैशाख २०७८, सोमबार १३:५५

काठमाडौं । कोरोना महामारीकै बीचमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको वित्तीय विवरणले देखाएको छ । सो कम्पनीको जीवन बीमा कोष, खुद बीमा शुल्क तथा खुद मुनाफा लगायतका सबै सूचांकहरु बृद्धि भएको छ ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आज प्रकाशन गरेको वित्तीय अनुसार कम्पनीको जीवन बीमा कोष १४७.९६ प्रतिशतले बृद्धि भएको छ । गत आवमा ७७ करोड ५७ लाख २९ हजार १९२ रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष समीक्षा अवधीमा एक अर्ब ९२ करोड ३५ लाख ९४१ रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

कम्पनीको महाविपत्ती कोष, जगेडा कोषको आकार समेतमा बृद्धि भई समग्र कोष १३५.३८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीसँग दुई अर्ब १५ करोड २६ लाख २२ हजार रुपैयाँको कोष रहेको छ ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना महामारीकै बीचमा जीवन बीमा व्यवसाय १५१.५८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत आवमा कूल ५७ करोड ५८ लाख ४४ हजार ६७६ रुपैयाँ खुद जीवन बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको नौ महिनामा एक अर्ब ४४ करोड ८७ लाख २१ हजार ५७० रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीको खुद दावी भुक्तानी आठ करोड ५० लाख ५१ हजार ७८९ रुपैयाँ रहेको छ । दावी भुक्तानी केही बृद्धि भएको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । नयाँ कम्पनी भएकोले दावी भुक्तानी बृद्धि भएको देखिएको हो ।

कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट नौ करोड ३९ लाख ८५ हजार ९९३ रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको यस्तो आम्दानी ११४.७४ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको मुनाफ ११.७५ प्रतिशतले बृद्धि भई नौ करोड ३६ लाख ८६ हजार २३१ रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा आठ करोड ३८ लाख ३८ हजार ४८ रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफासहितका अन्य विवरणहरु बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुन सक्नेछ ।

समीक्षा अवधीमा कम्पनीको बीमा पोलिसी संख्या ३४ हजार ६७६ वटा कायम रहेको छ । गत आवमा २३ हजार २७१ वटा पोलिसी कायम थिए । कम्पनीको दावी भुक्तानी गर्न बाकी रकम शून्य रहेको छ । कम्पनीले समयमै दावी भुक्तानी गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*