काठमाडौंमा फेरी १५ दिन लकडाउन थपिने

२७ बैशाख २०७८, सोमबार १४:१२

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिएपछि काठमाडौंमा फेरी १५ दिन लकडाउन थपिने भएको छ ।

वैशाख १६ गतेदेखि गरिएको लकडाउन वैशाख २९ सम्म तोकिएको थियो । लकडाउनको प्रभावले काम गरेको देखिएपछि १५ दिनको लकडाउन थपिन लागिएको हो ।

सोमवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएसी काठमाडौंको बैठकले १५ दिन थप कडाइका साथ लकडाउनको अवधी लम्ब्याउने निर्णय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*