३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

२७ बैशाख २०७८, सोमबार १५:३६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा आज ३ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । प्राइम कमर्शियल बैंक सहित तिन कम्पनीको बोनस शेयर आज सूचिकृत भएको हो ।

बोनस शेयर सूचिकृत हुने कम्पनीहरुमा प्राइमक कमर्शियल बैंक, गणपति लघुवित्त वित्तीय संस्था र सहारा विकास बैंक हुन् । आज नेप्सेमा यी तिन कम्पनीको बोनस शेयर एकैदिन सूचिकृत भएको हो ।

जसमा प्राइम बैंकको १५ प्रतिशत अर्थात २ करोड ९ लाख ७७ हजार ८७४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, सहारा विकास बैंककोे २३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको १ लाख ६७ हजार ८८८ कित्ता बोनस सेयर सोमबार नेप्सेमा थपिएको हो ।

त्यस्तै, गणपति लघुवित्तको पनि १५ प्रतिशत अर्थात १ लाख ६६ हजार ११७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
यससँगै, यी तीन वटै संस्थाको बोनस सेयर आजबाट सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ, र दोश्रो बजारमा किनबेच समेत गर्न मिल्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*