बचतकर्ता कर्मचारीहरुलाई राहत, नागरिक लगानी कोषमा अनलाईनबाटै बचत गर्न सकिने

२७ बैशाख २०७८, सोमबार १५:३१

काठमाडौं । बचतकर्ता सरकारी तथा अन्य कर्मचारीहरुलाई नागरिक लगानी कोषले विशेष सुविधा दिन सुरु गरेको छ । सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अब अनलाईन माध्यमबाट ट्रान्सफर हुने सुविधा औपचारिक रुपमा सुरुवात गरेको छ ।

डिजिटल माध्यमलाई प्राथमिकता दिँदै अनलाइन ट्रान्सफरका माध्यमबाट रियल टाइममा नै रकम पठाइन मिल्ने सुविधाको सुरुवात गरिएको कोषले जनाएको छ ।

महालेखा मधुकुमार मरासिनीका अनुसार यसअघि परम्परागत रुपमा सरकारी कर्मचारीको रकम कट्टी गरि नागरिक लगानी कोषमा पठाउने गरिन्थ्यो । २०७८ सालको वैशाख महिनाको पारिश्रमिक भुक्तानीबाट नागरिक लगानी कोषको रकम समेत अनलाईनबाट रियल टाइममा पठाउन सुरु गरिएको छ ।

‘अब पारिश्रमिक बैंक खातामा आएकै समयमा कोषमा कट्टी हुने रकम समेत जान्छ,’ यसबाट मानवीय कमजोरका कारण हुने ढिलासुस्ती कम हुनेछ ।’ महालेखा मधुकुमारले भने, “अब कुनै कर्मचारीको पारश्रमिक भुक्तानी हुनासाथ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा कट्टी हुने रकम समेत एकै पटक जाने छ ।” कोषमा पारिश्रमिक भुक्तानि गर्दा व्यक्तिगत विवरण अपडेट गरेपछि त्यसबारे एलर्ट समेत मोवाइलमा प्राप्त हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*