नेप्से २७ अंकले बढ्दा सबै उपसूचकमा छायो हरीयाली

२७ बैशाख २०७८, सोमबार १६:०२

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से आज बजार २७.४१ अंकले बढेको छ । आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ३४६।०३ अंकले उकालो लागेको छ। जीवन बीमा समूह १३७।८२ अंकले बढेको आज बैंकिङ समूहमा ३।६१ अंक, व्यापार समूहमा १९।६१ अंक, होटेल तथा पर्यटन समूहमा ११।४६ अंक, विकास बैंक समूहमा १८।०८ अंक, जलविद्युत समूहमा १५।९८ अंक, वित्त समूहमा १०।२३ अंक, उत्पादन तथा प्रशोधन समूहमा १३३।६४ अंक, अन्य समूहमा ७९।५५ अंक, लघुवित्त समूहमा ५०।१८ अंक, म्युचुअल फन्ड समूहमा ०।०५ अंक र लगानी समूहमा १ अंकले बढेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २७ करोड रुपैयाँको सेयर किनबेच हुँदा माथिल्लो तामाकोशीको करिब २० करोड, एचआइडीसीएलको १८ करोड, हिमालयन डिष्टिलरीको १४ करोड र महिला लघुवित्तको साढे १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २७ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। माथिल्लो तामाकोशीको १९ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको

त्यस्तै, महिला लघुवित्त, शिव्म सिमेन्ट, निफ्रा, ग्रामीण विकास लघुवित्त, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर र नबिल बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*