यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

२७ बैशाख २०७८, सोमबार १६:४२

काठमाडौं । आज ३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा १० प्रतिशत तथा समता घरेलु लघुवित्त र रुरु जलविद्युतको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर सकारात्मक सर्किट लागेको हो।

त्यस्तै राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, समता घरेलु लघुवित्त वित्तीय संस्था, रूरू जलविद्युत परियोजना, गुहेश्वरी मर्चेन्ट, लिबर्टी इनर्जी, नेपाल पुनर्बीमा कम्पनी, एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, सीनर्जी पावर र महिला लघुवित्तका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।

आज विशालबजार कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६ सय ४ रुपैयाँले घटेर ५४४१ कायम भएको छ । कम्पनीको शेयरमूल्यमा आज ९.९९ प्रतिशतले गिरावट आएको हो ।त्यस्तै, जोशी हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स लघुवित्त, सिंगटी हाइड्रो इनर्जी, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त, सिटिजन्स म्युचुअल फण्ड–२, कृषि विकास बैंकको १०.३५% डिबेन्चर २०८३ र गणपति माइक्रोफाइनान्सको शेयरमल्य सबैभन्दा धेरै घटेको छ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*