नेको इन्स्योरेन्सको कम्पनीको मुनाफा ४५% ले बृद्धि, कूल बीमा शुल्क आम्दानी दुई अर्ब नजिक

२७ बैशाख २०७८, सोमबार १७:०७

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको मुनाफा ४५.५७ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीको मुनाफा २४ करोड १० लाखबाट ३५ करोड नौ लाख २२ हजार पुगेको छ ।

नेको इन्स्योरेन्सको कूल बीमा शुल्क आम्दानी झण्डै दुई अर्ब अर्थात एक अर्ब ९७ करोड २४ लाख पुगेको छ । अघिल्लो आवमा कम्पनीको कूल बीमा शुल्क एक अर्ब ६२ लाख २३ रुपैयाँ थियो । कम्पनीको खुद बीमा शुल्क आम्दानी ४६.४६ प्रतिशतले बढेर एक अर्ब ३६ करोड ४ लाख सात हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ९२ करोड ८८ लाख ६३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको बीमा व्यवसाय निकै फराकिलो बनेको देखिएको छ ।

चुक्ता पूँजी एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६८ करोड २३ लाख रुपैयाँ, बीमा कोषमा एक अर्ब ७१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ६८ लाख रुपैयाँसहित कूल कोषको आकार एक अर्ब ७८ करोड ६३ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको व्यवस्थापन खर्च ९.५ प्रतिशतले बृद्धि भएको देखिएको छ । चालु आवमा कम्पनीको व्यवस्थापन खर्च २६ करोड ५१ लाख ७९ हजार रुपैयाँ छ । गत आवमा कम्पनीको यस्तो खर्च २४ करोड २१ लाख ८२ हजार रुपैयाँ थियो ।
कम्पनीको खुद दावी भुक्तानी ४५ करोड पाँच लाख ८९ हजार रुपैयाँ रहेको छ । गत आवको तुलनामा कम्पनीको खुद दावी भुक्तानी १७.८९ प्रतिशतले बृद्धि भएको छ ।

नेको इन्स्योरेन्स कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ५२ पैसा, प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५९ पैसा र मूल्य आम्दानी अनुपात ४६.८८ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*