कोरोना महामारी झन् भयावह बन्दै, नेपालमै एकै दिन १३९ जनाको मृत्यु

२७ बैशाख २०७८, सोमबार १८:५५

काठमाडौं । नेपालमा कोरोना भाइरसको प्रकोप झनै भयाबह बन्दै गइरहेकोछ । सोमबार एकै दिन नेपालमा १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानमा रहेका अस्पतालमा सो संख्यामा मानिसहरुको मृत्यु भएको हो । यस बाहेक घरैमा मरेर कोरोना भाइरस परिक्षण नगरिएकाहरुको तथ्याङ्कमा यसमा समावेश छैन ।

मन्त्रालयका अनुसार आजै एकै दिन नौ हजार २७१ जना नयाँ संक्रमित थपिएका छन् । गत वर्षको भन्दा अत्यन्तै शक्तिशाली डबल न्यूटे«न्ट कोरोना भाइरस लाग्ने वित्तिकै मानिसहरुलाई अक्सिजन तथा भेन्टिलेटरको आवश्यकता पर्ने गरेका कारण राजधानी काठमाडौंसहित देशैभरिका अस्पतालहरुमा अक्सिजन र बेड अभाव देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*