उत्कृष्ट बन्दै रिलायबल नेपाल लाइफ, खुद बीमा शुल्क झण्डै दोब्बर, जीवन बीमा कोषमा दुई अर्ब ३७ करोड

२८ बैशाख २०७८, मंगलवार ०६:५५

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विववरणमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट बन्दै गएको देखिएको छ ।

आज प्रकाशित गरेको विवरण अनुसार कम्पनीको जीवन बीमा व्यवसाय दोब्बर बृद्धि भएको देखिएको छ । समीक्षाा अवधीमा कम्पनीले खुद बीमा शुल्क आम्दानी ८९.०७ प्रतिशतले बृद्धि गरी दुई अर्ब २७ करोड ७२ लाख २९ हजार पुर्याउन सफल भएको छ । गत आवमा कम्पनीले खुद जीवन बीमा शुल्क एक अर्ब २२० करोड ४४ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले दुई अर्ब ३२ करोड ३४ लाख ८३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीले एक अर्ब २१ करोड ५६ लाख ७३ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो । कोरोना महामारीकै बीचमा रिलायबल नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले उत्कृष्ट व्यवसाय गरेको देखिएको हो ।

चालु आवको नौ महिनाको वित्तीय विवरणमा कम्पनीले जीवन बीमा कोषमा दुई अर्ब ३७ करोड २१ लाख ४४ हजार रुपैयाँ जम्मा गर्न सफल भएको छ । अघिल्लो आवसम्ममा जम्मा एक अर्र्ब दुई करोड १३ लाख ७२ हजार रुपैयाँ संचिती गरेको कम्पनीले चालु आवमा १३२.२५ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीको जगेडा कोष, महाविपत्ति कोष समेत बढेर समग्र कोष ९५.८२ प्रतिशतले बृद्धि भई तीन अर्ब २७ करोड ३० लाख ४८ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको खुद दावी भुक्तानी ४७ करोड ११ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा २३ करोड १५ लाख ३५ हजार रुपैयाँ रहेको थियो । कम्पनीले लगानी, कर्जा तथा अन्यबाट गरेको आम्दानी ४०.३६ प्रतिशतले बृद्धि भएको छ । गत आवमा २२ करोड ९८ लाख नौ हजार रुपैयाँ आम्दानी गरेकामा चालु आवको नौ महिनामा ३२ करोड २५ लाख ५६ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । आम्दानीमा बृद्धि भएसँगै कम्पनीको बोनसदरमा सकारात्मक प्रभाव पार्ने देखिको छ ।

कम्पनीको व्यवस्थापन खर्च २४.६१ प्रतिशतले बृद्धि भएको छ । गत आवमा १९ करोड ४९ लाख४७ हजार रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवको नौ महिनामा २४ करोड २९ लाख ३१ हजार रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले अभिकर्ता कमिशन बापत ३३ करोड १० लाख ६२ हजार रुपैयाँ वितरण गरेको छ । अघिल्लो आवको तुलनामा ६८.१३ प्रतिशतले बढि हो । कम्पनीको हाल कायम रहेको पोलिसी संख्यामा ४८.१७ प्रतिशतले बृद्धि भएको छ । रिलायबल नेपाल लाइफले ३२ लाख पाँच हजार ५३४ वटा पोलिसी जारी गरेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । गत आवमा यस्तो संख्या २१ लाख ६३ हजार ३७६ वटा पोलिसी जारी गरेको थियो । सो कम्पनीले लघुबीमा पोलिसीका कारण बीमा पोलिसी संख्या बढि देखिएको हो ।

चालु आवको नौ महिनामा कम्पनीको मुनाफा २१.८१ प्रतिशतले बढेको छ । कम्पनीले यहि अवधिमा २० करोड ३४ लाख ४२ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १६ करोड ७० लाख २० हजार रुपैयाँ मुनाफा थियो ।

चुक्ता पुृँजि एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३८ पैसा, प्रतिशेयर कूल सम्पत्तिको मूल्य ४९४.९४ रुपैयाँ रहेको छ । कम्पनीले चालु आर्थिक वर्ष सकिएपछि आईपिओ जारी गर्दैछ । आईपिओ जारी गरे पश्चात कम्पनीको चुक्ता पुँजि दुई अर्ब पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*