नेपाल इन्स्योरेन्स कम्पनीको कमब्याक, मुनाफ–बीमा शुल्क आम्दानीसहितका सबै सूचांकमा प्रगति

२८ बैशाख २०७८, मंगलवार ०७:५८

काठमाडौं । नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले विगत केही समयदेखि खस्किएको व्यवसायमा सुधार ल्याएको छ । कम्पनीले चालु आवको नौ महिनाको वित्तीय विवरणमार्फत निर्जिवन बीमा व्यवसायमा कमब्याक भएको संकेत दिएको हो ।

कम्पनीको मुनााफा २६.८८ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले चालुु आवको नौ महिनामा १७ करोड एक लाख २२ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमाम जम्मा १३ करोड ४०० लाख ८४ हजार रुपैयाँ मुनाफा गरेको थियो । केही समयदेखि मुनाफा र बीमा व्यवसाय दुवै खस्किदै गएकोमा चालु आवको त्रैमासिक विवरणमा कमब्याक गरेको देखिएको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी ३५.२८ प्रतिशतले बृद्धि भई ५८ करोडत्र १८ लाख ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीले जम्मा ४३ करोड एक लाख २८ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो । कम्पनीले नौ महिनामा झण्डै एक अर्ब अर्थात ९६ करोड ८४ लाख ३२ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको कूल बीमा शुल्क १२.७४ प्रतिशतले बृद्धि भएको छ । गत आवमा कम्पनीले ८५ करोड ८९ लाख ८० हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो ।


कम्पनीको खुद दावी भुक्तानी ८०.०८ प्रतिशतले बृद्धि भई नौ करोड ८२ लाख २२ हजारबाट १७ करोड ६८ लाख ७६ हजार पुगेको छ । त्यस्तै कम्पनीले आम्दानी बृद्धि भएको देखिएको छ । लगानी, कर्जा तथा अन्यबाट भएको आम्दानी २६.८१ प्रतिशतले बृद्धि भई १७ करोड १२ लाख दुई हजार रुपैयाँ छ । अघिल्लो आवमा यस्तो आम्दानी १३ करोड ५० लाख १२ हजार रुपैयाँ मात्रै थियो ।

कम्पनीको व्यवस्थापन खर्च घटेको छ । कोभिड महामारीको समयमा कम्पनीले व्यवस्थापन खर्च घटाएर मुनाफा बृद्धि गर्न सफल भएको छ । कम्पनीले गत आवमा १८ करोड ५४ लाख ७३ हजार रुपैयाँ खर्च गरेकोमा चालु आवमा १७ करोड ५४ लाख दुई हजार रुपैयाँ मात्र व्यवस्थापन खर्च घटेको छ । चालु आवमा खर्च घटाउने नेपाल इन्स्योरेन्स पहिलो कम्पनी बनेको छ ।

कूल एक अर्ब १५ करोड तीन लाख १३ हजार रुपैयाँ चुक्ता पुँजि रहेको नेपाल इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी १९.७२ रुपैयाँ, पिई अनुपात ४२.५५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १७९.०१ रुपैयाँ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३४६.१५ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*