एनआरएन इन्फ्रास्टक्टर डेभलपमेन्ट फण्डको मुनाफा एक करोड ७२ लाख, प्रतिशेयर आम्दानी पौने दुई रुपैयाँ अन्य सूचांक कस्तो ?

२८ बैशाख २०७८, मंगलवार ०९:३२

काठमाडौं । यसै वर्ष आईपिओ निष्काशन गरेको एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट फण्डको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक भएको छ ।

आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले एक करोड ७२ लाख १२ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । कूल दएक अर्ब १६ करोड ४९ लाख ६३ हजार ५०० चुक्ता पुँजि भएको कम्पनीले चालु आवको नौ महिनामा जम्मा दुई करोड ९७ लाख छ हजार रुपैयाँ आम्दानी गरेको छ । प्रशासनिक खर्च कटाएर ५७ लाख ३७ हजार रुपैयाँ कर तिरेर सो मुनाफा बाँकी रहेको हो । अघिल्लो आवको तुलनामा कम्पनीको मुनाफा झण्डै शत प्रतिशतले बृद्धि भएको छ । गत आवमा कम्पनीले जम्मा ९१ लाख ६१ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

विभिन्न पाँच वटा जल विद्युत कम्पनीमा लगानी गरेको कम्पनीको प्रतिफल भने निराशाशजनक देखिएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १.४८ रुपैयाँ, प्रतिशेयर नेट वर्थ १०१.१६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६१.४१ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २००.८४ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*