महिला सहयात्रा लघुवित्तको मुनाफा ८५५% ले बढ्यो, अन्य सूचांक कस्तो ?

२८ बैशाख २०७८, मंगलवार ०९:५४

काठमाडौं । मकवानपुरको चित्लाङ केन्द्रीय कार्यालय रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको मुनाफा ८५५ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा महिला सहयात्रा लघुवित्तको खुद नाफा ८५४.९१% ले बढेर चार करोड ३९ लाख ४५ हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ४६ लाख २ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएकोमा चालु आवमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि भएसँगै खुद नाफा उच्च अंकले बढेको छ ।

कम्पनीको खुद ब्याज आम्दानी ६३.७२% ले बढेर १० करोड १४ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले छ करोड १९ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष ६५ लाख ५७ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको कम्पनीले यो वर्ष छ करोड १३ लाख २८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

चालु आवको तेस्रो त्रैमासिक विवरण अनुसार महिला सहयात्राको प्रतिसेयर आम्दानी वार्षिक ४४ रुपैयाँ ०२ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ९६ पैसा छ । चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको सो कम्पनीले जगेडा कोषमा ७ करोड ६० लाख ७९ हजार रुपैयाँ जम्मा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*