चिलिमे हाइड्रोपावरको खुद नाफा २.९२ प्रतिशतले घट्यो

२८ बैशाख २०७८, मंगलवार ११:५५

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी (CHCL)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा २ प्रतिशतले नाफा घटेको देखाइएको छ ।

कम्पनीको आर्थिक वर्षको खर्च बढ्दा नाफा घट्न गएको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ५१ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आ.व. सोही अवधिमा कम्पनीले ५२ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन गत वर्षको तुलनामा चालु आ.व. को खुद मुनाफा २.९२ प्रतिशतले कम हो ।

कम्पनीको प्रशासनिक तथा मर्मत संभार खर्च बढेपछि नाफा घटेको देखिन्छ । त्यस्तै कम्पनीको वित्तीय आम्दानी घट्दा समेत उसको नाफामा असर पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*